उडान खुलाउन पुरानै अडान
युरोपमा नेपाली हवाई सेवाका उडान खुलाउने विषयमा युरोपेली सङ्घ (इयु) ले फेरि पुरानै अडान दोहोर्याएको छ । हवाई उडान मानव सुरक्षासँग जोडिएको नितान्त प्राविधिक विषय भएको भन्दै सङ्घले त्यसका प्राविधिक सर्त पूरा हुनुपर्ने जनाएको छ । युरोपेली सङ्घको विदेश मामिला हेर्ने निकाय युरोपियन एक्सटर्नल एक्सन सर्भिस (इइएस) को एसिया तथा प्रशान्त विभागका उपप्रबन्ध निर्देशक पाउला पाम्पालोनीले यो कुनै राजनीतिक विषय नभई नितान्त प्राविधिक विषय भएको बताउनुभयो । नेपाल–युरोपेली सङ्घको संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउनुभएकी पाम्पालोनीले यस वियषमा सङ्घमा र नेपालका उच्चाधिकारीसँग गहन रूपमा छलफल भइरहेको बताउनुभयो ।
युरोप पठाउने आश्वासमा बन्धक बनाउने बङ्गलादेशी नागरिक पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाउने भनी बङ्गलादेशदेखि काठमाडौँ ल्याएर बन्धक बनाउने चार बङ्गलादेशी नागरिकलाई पक्राउ परेका छन्।
लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउनुभएको छ ।
सडकमा माछा फालेर कृषकको प्रदर्शन
सर्लाहीका माछापालक किसानले शुक्रबार सडकमा माछा फालेर प्रदर्शन गरेका छन् । विद्युत् महसुलमा सहुलियत दिनुपर्ने माग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिका किसानले पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोरमा चक्काजामसहित माछा फालेर प्रदर्शन गरेका हुन् ।
दुर्गमका विद्यार्थीलाई वित्तीय शिक्षा
बचत गर्ने बानीको विकास गर्न सिकाउन हिमाली जिल्ला डोल्पाका विद्यार्थीहरूलाई वित्तीय साक्षरता शिक्षा प्रदान गरिएको छ ।
‘विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन’
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ नरहेको बताउनुभएको छ ।
अजयमेरुकोट संरक्षणको पर्खाइमा
डडेलधुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ । तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ ।
श्रीमानको हत्या गर्न रकम दिने च्याङ्वासहित चार पक्राउ
कास्की प्रहरीले श्रीमानको हत्या गर्न रकम दिने महिला सहित हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । ३५ वर्षीया च्याङ्वा भनिने कान्छी लामासहित सिन्धुपाल्चोककै थप तीन जना पक्राउ परेका हुन् ।
नेपाल ट्रष्टको दियालो बङ्गला सञ्चालनको जिम्मा भरतपुर महानगरलाई
भरतपुर महानगरपालिका-१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबिच एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो ।
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता भएको छ।
गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउँछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरूले समाजलाई सही दिशातर्फउन्मुख गराउने बताउनुभएको छ ।
अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
नयाँ सरकार बनाउन साना दल निर्णायक
सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि गण्डकी प्रदेशमा पनि सरकार परिवर्तन हुने पक्का छ। दलहरूबिच अनौपचारिक छलफल सुरु भइसकेको छ। सरकार बनाउन गण्डकी प्रदेशमा नयाँ गठबन्धनलाई सहज छैन।
आमसञ्चार र बिउँबिजन विधेयक प्रमाणीकरण
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। गण्डकी प्रदेशसभाले फागुन २१ गते पारित गरेका गण्डकी प्रदेशमा बिउँ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भट्टले प्रमाणीकरण गर्नुभएको हो।
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् ।
‘समितिका निर्देशन कार्यान्वयनको अवस्थाबारे अनुगमन आवश्यक’
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हालसम्म सरकारलाई दिएका निर्देशन कार्यान्वयन भए वा नभएकोबारे अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जनकपुरधाममा महामूर्खको खोजी हुँदै
जनकपुरधाममा महामूर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामुर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाट्यकला परिषद (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सवमा आयोजना गरिने महामुर्ख सम्मेलनका लागि महामुर्खको खोजी सुरु गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।
सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री भण्डारीलाई चेम्बरको आग्रह
पाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ ।
आइएलओको टोलीद्वारा रोजगार कार्यक्रमको अनुगमन
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को टोलीले कैलालीको कैलारीमा सञ्चालित स्वरोजगार कार्यक्रमको अनुगमन गरेको छ।
‘एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ’
नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआए पनि मोर्चा कायम रहने बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा(एमाले) सहभागि नभएपनि मोर्चा कायम रहने बताउनुभएको हो ।
मकैखेतीमा किसानको आकर्षण बढ्दै
पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् ।
कसले लेख्ने सीमान्तकृतको इतिहास ?
सामाजिक र भौगोलिक विविधताले नेपालको सौन्दर्य भरिपूर्ण छ तर यहीँ विविधताभित्र अनेकौँ असमानता पनि छन् । ती असमानतालाई विभिन्न कोणबाट निरुपण गर्न प्राज्ञिक माध्यमबाट पनि प्रयास थाल्नुपर्ने ठूलो आवश्यकता छ ।
फत्तेवालमा २७ लाखभन्दा बढीले गराए आँखाको उपचार
नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि हालसम्म २७ लाखभन्दा बढी नागरिकको आँखाको परीक्षण गर्नुका साथै उपचार गरेको छ।