• १३ साउन २०८१, आइतबार

युरोप पठाउने आश्वासमा बन्धक बनाउने बङ्गलादेशी नागरिक पक्राउ

blog

काठमाडौं, फागुन ९ गते। प्रहरीले वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाउने भनी बङ्गलादेशदेखि काठमाडौँ ल्याएर बन्धक बनाउने चार बङ्गलादेशी नागरिकलाई पक्राउ  परेका छन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार क्यानडा, इटाली लगायतका देशमा पठाउने भनी बङ्गलादेशबाट नेपाल ल्याएर बन्धक बनाउने बङ्गलादेशका चार जनालाई प्रहरीले पक्राउ गरेको हो। 

नेपाल काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ पकनाजोलस्थित निभाना ग्रिन होम नामक होटलको कोठामा राखी पीडितबाट पासपोर्ट नियन्त्रणमा लिएर विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न दिइएको थिएन।

प्रहरीका अनुसार बङ्गलादेश ढाका घर भएका बङ्गलादेशी नागरिक ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एम डी मासुम बिल्लाह, ३१ वर्षीय सामिम अहमद र ३३ वर्षीय प्रणय कुमार देलाई पक्राउ परेका छन्।

पीडितलाई सकुशल उद्धार गरिएको र पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ।