बेहुलीजस्तै शृङ्गारिदै कुम्भ नगरी
एक महिनाको अन्तरालमा चतराको मुख्यबजार आसपास क्षेत्रमा बाक्लो चहलपहल सुरु भएको छ । बाह्र वर्षे पूर्ण महाकुम्भ नजिकिदैजाँदा कुम्भ स्तम्भ क्षेत्रलाई बेहुलीजस्तै शृङ्गारिएको छ ।
मलेसियाको प्लास्टिक प्रदूषणविरुद्धको अभियान सन्तोषप्रद
मलेसियाले प्लास्टिक उत्पादन, प्रयोग र फोहरमैलासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी प्लास्टिक प्रदूषणनियन्त्रणमा अपेक्षित प्रगति गरिरहेको प्राकृतिक संसाधन र पर्यावरण मन्त्री निक नाज्मी निक अहमदले शुक्रबार बताउनुभएको छ ।
इजरायलका लागि जासुसी गरेको आरोपमा टर्कीद्वारा आठ जना पक्राउ
टर्की प्रहरीले इजरायली गुप्तचर एजेन्सी मोसादलाई सूचना बेचेको आरोपमा आठ जनालाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अलि येर्लिकायाले बताउनुभएको छ ।
म्यानमारमा बढ्यो गर्मी, सतर्कता अपनाउन आग्रह
म्यानमारमा देशव्यापी रूपमा गर्मी बढेसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
एमाले ललितपुरको अधिवेशन जारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ ललितपुर जिल्ला अधिवेशन महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा जारी छ । सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट शुक्रबार उद्घाटित सो अधिवेशनमा अहिले बन्दसत्र सञ्चालन भइरहेको छ ।
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सो कार्यक्रमबारे तयारी भइरहेको बताउनुभयो ।
भैरवको मूर्ति अनावरण
धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकसित हुँदै गएको हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरसँगै छ फिट अग्लो भैरवको मूर्ति अनावरण गरिएको छ ।
जुम्लामा पुग्यो पाठ्यपुस्तक
हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।
दमकमा शरणार्थीसम्बन्धी फोटो प्रदर्शनी
झापाको दमकमा भुटानी शरणार्थीको जीवन भोगाइबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
इलाम–२ उपनिर्वाचन मनोनयन दर्ता सुरु
वैशाख १५ मा हुन लागेको इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
कालीकोटमा शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक
कालीकोटमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलो पटक पाठ्यपुस्तक पुगेको छ । चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा सो अगावै पाठ्यपुस्तक कालीकोटमा आइपुगेका हुन् ।
नगरपालिकाले बुझायो सिँचाई मिटरको महसुल
लहान नगरपालिकाले किसानहरूले सिँचाइका लागि प्रयोग गरिएको विद्युत मिटरको शुल्क लहान नगरपालिकाले विद्युत वितरण प्राधिकरण केन्द्र लहानलाई १४ लाख आठ हजारको चेक हस्तान्तरण गरेको छ ।
पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु
पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले शुक्रबार जनाएको छ ।
मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु
ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । घटना बिहान ६ बजेतिर भएको थियो ।
एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।
बारीमा तरकारी, घरमै रोजगारी
बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी हो ।
‘बोगटीको अभाव महसुस भइरहन्छ’
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको छ ।
संस्थानका कर्मचारीलाई दक्ष बनाउन प्रशिक्षण
गोरखापत्र संस्थानका कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसाथ सात दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा
जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।
एक करोड १० लाखभन्दा बढी चिनियाँ प्रमुख रोगसम्बन्धी बिमाबाट लाभान्वित
सन् २०२३ मा चीनको प्रमुख रोगसम्बन्धी बिमाबाट करिब एक करोड १० लाख ५६ हजार सहरी तथा ग्रामीण बासिन्दा लाभान्वित भएका छन् ।
मधेशका स्वस्थ्यमन्त्रीद्वारा रक्तदान
मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधनप्रसाद सिंहले रक्तदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । शनिबार धनुषाको ढल्केबरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा उहाँले रक्तदान गरेर त्यसको शुभारम्भ गर्नुभएको हो ।
कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका
जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो ।हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ ।
‘विकृतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समाजमा भएका विकृति विसङ्गतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो
पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो ।