• २४ वैशाख २०८१, सोमबार

मधेशका स्वस्थ्यमन्त्रीद्वारा रक्तदान

blog

रक्तदान गर्नुहुँदै मधेश सरकारका स्वास्थ्यमन्त्री सत्रुधनप्रसाद सिंह । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, चैत २४ गते । 
मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधनप्रसाद सिंहले रक्तदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । शनिबार धनुषाको ढल्केबरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा उहाँले रक्तदान गरेर त्यसको शुभारम्भ गर्नुभएको हो ।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री सिंहले एक सयभन्दा बढी पटक आफूले रक्तदान गरेको बताउनुभयो । २०६० सालमा पहिलो पटक रक्तदान गरेको बताउँदै उहाँले त्यसपछि प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्दैआएको जानकारी दिनुभयो ।

त्यसअवसरमा उहाँले रक्तदान कार्यक्रमका आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेकपा (एमाले)को तर्फबाट चैत १० गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुनुभएका मन्त्री सिंहले पदभार ग्रहण गरे लगतै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गर्नुभएको थियो ।

ब्लड बैङ्क तथा अस्पतालमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै ढल्केवरमा मिथिला उद्योग वाणिज्य सङ्घ, मिथिला ब्याडमिन्टन क्लब, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलगायत स्थानीय विभिन्न सङ्घसंस्थाको आयोजनामा वृहत् रक्तदान कार्यक्रमको आयोजना छ ।