• १६ भदौ २०८१, आइतबार

मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु

blog

काठमाडौँ, चैत २४ गते । ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । घटना बिहान ६ बजेतिर भएको थियो ।

आगलागीको कारण नखुले पनि विद्युत चुहिएको आशङ्का गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको बताउँदै प्र.उ.सुवेदीले प्रारम्भिकरुपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थहरू जलेर नष्ट भएका जानकारी दिनुभयो । रासस