आरसी एकेडेमीको विजयी सुरुवात
आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
भिरबाट लडेर एकको मृत्यु
घरबाट चैनाखोलाको धारामा नुहाउन हिँडेकी १२ वर्षीय बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका-९ मुर्मागाउँकी भूमिका रोकायाको सदरमुकामको धुमीरुख भिरबाट लडेर मृत्यु भएको हो ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजानीमा दिनुभएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट बिहीबार राजीनामा दिनुभएको हो ।
बझाङ-१ मा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाउने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) नेपालले बझाङ जिल्लाको निर्वाचन क्षेत्र १ (१) मा पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उम्मेदवार उठाउने भएको छ ।
सप्तरीको कञ्चनपुर-कमला सडक योजना पूर्वी खण्डको अनुगमन
सप्तरीस्थित पूर्व पश्चिम लोकमार्गको कञ्चनपुर–कमला सडक योजना पूर्वी खण्ड अन्तर्गत कञ्चनपुरदेखि कुसाहासम्म निर्माणाधीन सडक योजनाको बिहीबार एक टोलीले अनुगमन गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको साढे तीन वर्ष : एकतर्फी ३३ किलोमिटर कालोपत्रे
राष्ट्रिय गौरवको योजनामध्येको पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति काम भइरहेको छ । मधेश प्रदेशको सिराहा जिल्लाको कमला नदी पूर्वदेखि सप्तरीको कञ्चनपुर पश्चिमसम्म कूल ८६ किलोमिटर स्तरोन्नतिको काम भइरहेको छ ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा नौ खेल
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।
आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ ।
आयुर्वेद स्वास्थ्य शिविरबाट १४ सय ११ जना लाभान्वित
गोरखाको पालुङटार नगरपालिकाले आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १४ सय ११ जना लाभान्वित भएका छन् । नगरपालिकाको आयोजनामा गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा जम्मा १४ सय ११ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
ठमेलमा अब गति सीमित, ‘नो हर्न’
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो ।
सामाजिक सुरक्षा कोषको सुविधा क्षेत्र विस्तार गर्न सुझाव
सामाजिक सुरक्षा कोषमा भएको स्वास्थ्य बिमा सुविधामा परिवारका अन्य सदस्यलाई पनि समेट्न रोजगारदाताहरुले सुझाव दिएका छन् ।
ट्याक्टर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्युु, ११ घाइते
धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्युु भएको छ । बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका १२ जुगेडा ‘बी’ गाउँमा भारतबाट जन्ति बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
क्षयरोगमुक्त अभियानमा पालिकाको सक्रियता
पछिल्लो समय बढ्दो सङ्ख्यामा रहेका क्षयरोग न्यूनीकरणमा पालिकाहरूले काम थालेका छन् । गलकोट नगरपालिकाले भने क्षयरोगमुक्त अभियानका लागि पालिका र वडास्तरीय दर्जन बढी गतिविधि सञ्चालन गरिसकेको छ ।
चीनको नर्सिङ होममा आगलागी, तीनको मृत्यु, दश घाइते
दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
पाँच जिल्लामा पूर्वाधार विकास केन्द्रित योजना दिन आग्रह
कर्णाली प्रदेश योजना आयोगको दोस्रो पञ्चवर्षीय योजनामा यहाँका पाँच जिल्लामा पूर्वाधार विकास केन्द्रित विकासलाई दोस्रो पञ्चवर्षीय योजनामा प्राथमिकता दिन आग्रह गरिएको छ ।
भारतको औषधी कम्पनीमा विस्फोट हुँदा पाँचको मृत्यु
दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधी कम्पनीमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ ।
चिनियाँ विकास बैङ्कले कृषिका लागि ऋण सहयोग दोब्बर बनायो
चीनको प्रमुख नीतिगत बैङ्कको रूपमा रहेको चाइना विकास बैङ्क (सिडिबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ ।
आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु
नयाँ वर्ष २०८१ को अवसर परेर भक्तपुरमा आयोजना गरिएको ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव-२०८१’ आजदेखि सुरु भएको छ ।
नेप्से परिसूचकमा झिनो गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ ।
बालमैत्री विद्यालय भवन निमार्ण भएपछि पढाइ सहज
धनुषाको विदेह नगरपालिका वडा नम्बर ९ इटहर्वास्थित शिव शङ्कर जनता माध्यमिक विद्यालयमा बालमैत्री तथा समावेशी विद्यालय भवन निमार्ण भएपछि पढाइ सहजता हुने भएको छ।
धरानमा फस्टाउँदै सुकुटीको व्यापार
धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन् ।
सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन प्रस्ताव
सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव गरिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सङ्घीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ मा पनि संशोधन दर्ता गरिएको छ ।
ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ ।
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमण गर्ने
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतको आसन्न लोकसभा चुनाव सम्पन्न भएपछि भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।