• १३ असोज २०८१, आइतबार

भिरबाट लडेर एकको मृत्यु

blog

हरिकृष्ण ऐडी

मुगु, चैत २२ गते । घरबाट चैनाखोलाको धारामा नुहाउन हिँडेकी १२ वर्षीय बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका-९ मुर्मागाउँकी भूमिका रोकायाको सदरमुकामको धुमीरुख भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर थापाका अनुसार बिहान अन्दाजी १०ः४० बजे कोठाबाट नुहाउनका लागि छायाँनाथ रारा नगरपालिका–२ को चैनाखोलामा जाँदै गर्दा धुपीरुखको भिरबाट करिब २० मिटर तल खसेको अवस्थामा उनी भेटिएकी थिइन् । स्थानीयबाट भूमिका लडेको खबर आउनासाथ तत्काल उहाँको उद्धार गरी जिल्ला अस्पताल ठिनीमा उपचार गर्ने क्रममा उहाँको मृत्यु भएको प्रहरी कार्यालय मुगुका प्रमुख थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो, "यो आर्थिक वर्षमा यही भिरबाट लडेर दुई जनाको ज्यान गएको जिल्ला प्रहरीको रेकर्डमा उल्लेख छ ।" 

स्थानीयका अनुसार मृतक भूमिकाका बाबाहाल वैदेशिक रोजगारीका लागि विदेशमा छन् भने आमा नन्दकला रोकाया सदरमुकाम गमगढीस्थित न्यूरोडमा होटल व्यवसायी गर्दै आउनुभएको छ ।