निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस
भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ ।
मेची-महाकाली पैदल यात्रा सुरु
‘प्रति व्यक्ति ८ बिरुवा रोपौं, प्रकृतिबाट लिएको उधारो तिरौं’ भन्दै झापाका ४ जना युवाले पर्यावरण संरक्षणको निम्ति जागरण अभियान घोषणा गर्दै मेची-महाकाली पैदल यात्रा सुरु गरेका छन् ।
बाइडेन प्रशासनद्वारा आप्रवासीका लागि काम गर्ने अनुमति समय विस्तार गर्ने घोषणा
हालसालै अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) ले आधुनिकीकरण प्रयासहरूको आधारमा भीसाका लागि अस्थायी अन्तिम नियम (टीएफआर) घोषणा गरेको छ ।
करणी र कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कैद फैसला
पैतालिस वर्षीया महिलालाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई कैद र जरिवानाको फैसला सुनाएको छ ।
नेपालमा ई–सिगरेट बन्द हुने
नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको नेपालमा सुर्तीजन्य पदार्थको सामाजिक आर्थिक र नीतिगत राष्ट्रिय सर्वेक्षण सार्वजनिक कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा.भक्तबहादुर केसीले नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने जानकारी दिनुभयो ।
जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
तानसेन नगरपालिकामा सरकारी सेवा (सुविधा लिने जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीले अनिवार्य सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएका छन् ।
अभिलेख संरक्षण विधेयकमाथि दफाबार छलफल सुरु
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल सुरु भएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकमा उक्त विधेयकसम्बन्धी मस्यौदाको प्रस्तावनादेखि मूल ऐनका दफाहरुमा सांसदहरुले छलफल सुरु गर्नुभएको हो ।
ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीयको गुनासो
ग्वार्को फ्लाइओभर निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर स्थानीयहरुले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।
सीमावासीको गुनासो सुन्दै सशस्त्र प्रहरी बल
बाँकेमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दाका समस्या र गुनासो सुन्न सीमा सहजीकरण समिति गठन गरेको छ ।
निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको माग
संसदमा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्त बमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन् । दलित महिला सङ्घ(फोडो)ले आज आयोजना गरेको ‘प्रस्तावित सङ्घीय निजामती सेवा ऐन तथा एकीकृत निर्वाचन मस्यौदा विधेयकका विषयमा परामर्श’ छलफलमा दलित समुदायले समावेशीको मुद्दा उठाएका हुन् ।
नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम
चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ । बढ्दो सहरीकरण एवम् औद्योगिकीकरणबाट निस्कने फोहर नदीमा मिसाउँदा जलीय पर्यावरणमा असर परेको हो ।
मकवानपुर र चितवनमा देखिन थाल्यो डेंगु
गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरुमा डेंगु सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत लागेसँगै चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन् ।
‘आमा बचाउ’ अभियानबाट लाभान्वित हुँदै महिला
कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका छन् । अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन् ।
स्वास्थ्यकर्मीविहीन कपिलवस्तु कारागार
कारागार कार्यालय कपिलवस्तुमा स्वास्थयकर्मी नहुँदा कैदी बन्दीहरुलाई स्वास्थ्य परीक्षण गराउन समस्या भएको छ ।
हरिनगरामा झडप, दुई घाइते
सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा भएको एक युवामाथिको सामूहिक आक्रमणको घटानले शुक्रबार विहानदेखि यहाँ तनाव उत्पन्न भएको छ । झडपमा दुई जना युवा घाइते भएका छन् ।
जो आमा हुन चाहन्छन्...
“आहै कति प्यारो नानी” भित्ताभरि टाँसिएका बच्चाका तस्बिरले रीमा घलेको मन थामिँदैन । चिकित्सकको पालो कुर्दै बसेकी उहाँ जुरुक्क उठेर तस्बिर भएतिर पुग्नुहुन्छ । औँलाले आकृति सुम्सुमाउनुहुन्छ ।
भारतमा मुद्रास्फितिको जोखिम कायमै : ब्याजदर यथास्थितिमा रहने
भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना रहेको बताउँदै केन्द्रीय बैङ्कले शुक्रबार लगातार सातौं पटक ब्याज दरमा कुनै परिवर्तन गरेको छैन ।
ट्याक्टर दुर्घटनामा एककाे मृत्यु
दोलखाको कालिन्चोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सङ्घीय गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहन्छु : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान जोगाउन आफू निष्ठापूर्वक लागिरहने बताउनुभएको छ । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
समयमै पाठ्यपुस्तक पाउँदा नतिजा सुधारोन्मुख
केदारस्यूँ गाउँपालिकाको जनचेतना आधारभूत विद्यालय देउरामा पढ्नुहुन्छ, अङ्किता दमाई । अघिल्ला कक्षाहरूमा मुस्किलले प्राप्ताङ्क पुर्याउने अङ्किताले यस पटक भने कक्षामा उत्कृष्ट अङ्क ल्याउनुभयो ।
उपनिर्वाचन : इलाममा ७९ र बझाङमा ७४ मतदान स्थल
निर्वाचन आयोगले उपनिर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको छ । शुक्रबार आयोगलका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको जानकारी दिनुभएको हो ।
सिद्धरत्ननाथ-देवीपाटन महायात्रा सुरु
नेपाल-भारत धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्र देवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० आजदेखि सुरु भएको छ ।
विद्यार्थीलाई आवश्यक सामान किन्न बाध्य बनाइए कारबाही हुने
काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ ।
तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु
एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज बिहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’देखि दौड सुरु भएको हो । मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लिएका छन् ।