जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
मस्र्याङ्दी गाउँपालिका-६ डहरे स्थित सुपर न्यादी जल विद्युत आयोजनाको बा १७ च १४६५ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
तेस्रो संस्करणको बक्रकुण्ड गोल्ड कप सुरु
बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करण धनकुटामा सुरु भएको छ ।
खोटाङमा रक क्लाइम्बिङ सफल परीक्षण
खोटाङको मझुवाभिरमा रक क्लाइम्बिङ सफल परीक्षण गरिएको छ ।
शिक्षामा लगानी बढाउन प्रदेश र स्थानीय तहलाई शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रदेश र स्थानीय सरकारलाई शिक्षामा लगानी बढाउन आग्रह गर्नुभएको छ ।
नागरिक बन्धक बनाउने चार विदेशी पक्राउ
प्रहरीले श्रीलंकन नागरिकलाई युरोपियन मुलुक पठाउने भनी बन्धक बनाउने चार जनालाई पक्राउ गरेको छ ।
बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २१ घाइते
म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।
मानव अधिकार रक्षकको सवालमा प्रदेश सरकार गम्भीर
गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मानव अधिकार रक्षकहरुको सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ ।
१३ जना प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २१ गतेको निर्णयले एक तह पदोन्नति भएका प्रशासनतर्फका आठ जना र प्राविधिकतर्फका पाँच जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
फ्रेन्डसिप कपमा नेपाल बरोडासँग पराजित : फाइनल गुजरातसँग खेल्ने
भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पराजित भएको छ।
सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ ।
माइती नेपालको पैदल यात्रा
मानव बेचबिखनविरुद्धको लडाइँमा समर्पित संस्था माइती नेपालले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा पैदल यात्रा कार्यक्रम गरेको छ । ‘न्यायका लागि यात्राः मानव बेचबिखनको अन्त्य’ नाराका साथ आयोजना गरिएको कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मुलुकभित्रै हुने आन्तरिक मानव बेचबिखनलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषदद्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह
संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन माग गर्ने विषयमा बहस गरिरहेको थियो ।
‘मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनको समस्याबाट जोगिनुपर्ने’
मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिनुभएको छ ।
टिकटकद्वारा केन्याली नागरिकलाई डिजिटल सुरक्षा प्रशिक्षण
विश्व प्रसिद्ध भिडियो एप टिकटकले केन्याको सूचना र सञ्चार प्रविधि परामर्श फर्म र ‘इभिमिनेट कम्युनिकेसन्स सोलुसन लिमिटेडसँग’ संयुक्त रूपमा सञ्चालन गरेको डिजिटल सुरक्षा प्रशिक्षणले एक लाख १६ हजार केन्यालीहरूलाई सशक्त बनाएको बताएको छ ।
जसपानिकट महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्घ, सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने भएको छ ।
अभिलेखमा क्षति पुर्याए तीन वर्ष कैद र एक लाखसम्म जरिवाना
अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पुर्याए तीन वर्ष कैद र एक लाख रुपियाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ ।
देख्न पाउँदा हर्षित छन् वृद्धवृद्धा
स्थानीय सरकारले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायलाई लक्षित गरी मोतिबिन्दुको शल्यक्रिया गराइदिएपछि आँखा देख्न पाउँदा निकै खुसी छन् स्थानीय ८३ वर्षीय दत्ते थामी । थामीले धेरै वर्षदेखि बन्द रहेका आँखा खुलेर रङ्गीन संसार देख्न पाउँदा निकै खुसी भएको बताउनुभयो ।
जुम्लामा ८४ हजार भेडा
पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षित हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन् । जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभर अहिले ८४ हजार तीन सय ८८ भेडा छन् ।
एआईले विश्वव्यापी साइबर अपराध बढाउने
विश्वको सबैभन्दा ठूलो पुनर्बीमा जर्मन कम्पनी ‘म्युनिख रेले’ प्रविधिको तीव्र विकास, विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्सका कारण बढ्दो साइबर जोखिमको बारेमा चिन्ता व्यक्त गरेको छ ।
सरकारी विद्यालयमा पढाउन गाउँपालिकाको आह्वान
सार्वजनिक पद धारण गरेका तुर्माखाँद गाउँपालिकाका बासिन्दाले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने भएको छ।
गाजा प्रवेशका लागि चार मार्ग खोल्ने इजरायली घोषणा
संयुक्त राज्य अमेरिकाले गाजा युद्धलाई लिएर आफ्नो नीतिमा तीव्र परिवर्तन आउनसक्ने चेतावनी दिएको केही घण्टापछि इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ ।
पृथ्वी राजमार्गमा पहिरो, वैकल्पिक बाटोको प्रयोग
जमिन चिरा परेकाले जुनसुकै बेला पनि पहिरो खस्ने भएकोले वैकल्पिक मार्गबाट प्रयोग गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहोराले जानकारी दिनुभयो ।
फालेलुङमा ७ औँँ चौँरी महोत्सवको तयारी
पाँचथरको फालेलुङ ४ चाररातेमा ७ औँँ अन्तराष्ट्रिय चौँरी महोत्सव आयोजना हुने भएको छ ।
सुनसरीको भुटाहा तनावग्रस्त, ५१ राउण्डभन्दा बढी हवाई फायर
प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्याएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको छ । दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।