मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शुक्रबार मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
नेपालगन्जमा प्रदेशस्तरीय औद्योगिक, कृषि, व्यापार तथा पर्यटन महोत्सव हुने
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यले नेपालगन्जमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा सांसदको जोड
सांसदहरूले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्नुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरूले यस्तो माग राख्नुभएको हो ।
मलङ्गवा साक्षर नगर घोषणा
सर्लाहीको सदरमुकाम समेत रहेको मलङ्गवा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरभित्रका ९६.१३ प्रतिशत नागरिक साक्षर भएको दाबीसहित मलङ्गवालाई सर्लाही जिल्लाको पहिलो साक्षर नगरपालिका घोषणा गरिएको हो ।
लण्डनमा मनाइयो २६१ औँ नेपाली सेना दिवस
लण्डनस्थित नेपाली दूतावासमा एक समारोहबिच २६१औँ नेपाली सेना दिवस मनाइएको छ ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
सरकारले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
मङ्गोलियामा रोपिए ११ करोड रूख
विगत एक दशकमा उत्तरी चीनको ’भित्री मङ्गोलिया स्वायत्त क्षेत्र’मा स्थानीयद्वारा सञ्चालित स्वैच्छिक वृक्षारोपण अभियानअन्तर्गत करिब ११ करोड रूख रोपिएका छन्
भोजपुरको याङपाङ्गमा स्थायी प्रहरी पोष्ट स्थापना
भोजपुरको पूर्वी अरुण गाउँपालिका–१ याङपाङ्गमा स्थापना भएको अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको छ । नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता तथा डिआइजी भीम ढकाल, कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ तथा गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एकसाथ रिबन काटेर प्रहरी पोष्टको उद्घाटन गर्नुभएको हो ।
‘अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ’
निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताउनुभएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ ।
टिआरसी विधेयक सहमतिमै पारित हुन्छ : मन्त्री गिरी
कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक (टिआरसी) सबै पार्टीको सहमतिमै पास हुने बताउनुभएको छ।
जिल्ला अस्पताल भवन निर्माणको काम ठप्प
जिल्ला अस्पताल खोटाङको भवन निर्माणको काम ठप्प भएको छ । सम्झौता अनुसार गत पुसमा निर्माण सम्पन्न हुनुपर्ने ५० शय्याको अस्पतालको भवन ठप्प भएको हो ।
नमुना सदरमुकामको प्रक्रिया अगाडि बढ्यो
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढ्ने भएको छ।
फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले गरे सिङ्गापुर भ्रमण
गत फेब्रुअरी महिनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा १४ लाख ४४ हजार पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् ।
अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आदिवासी समुदायका लागि आवास योजना
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आदिवासी समुदायका निम्ति नयाँ घर निर्माण गर्न अर्बौं डलरको नयाँ कोषको योजना घोषणा गर्नुभएको छ ।
मधेश प्रदेशका चोक–चोकमा राष्ट्रिय झण्डा
मधेश प्रदेशका चोक–चोकमा राष्ट्रिय झण्डा राख्ने चलन बढेको छ । राष्ट्रिय झण्डाप्रतिको सम्मान दर्साउन तथा चोकलाई सुन्दर बनाउन राष्ट्रिय झण्डा राख्न थालिएको हो ।
पीडित बालिकाको गोपनीयता भङ्ग गर्नेलाई खोज्दै प्रहरी
बलात्कार पीडित एक बालिकाको गोपनीयता भङ्ग गर्नेलाई अछाम प्रहरीले खोज्न थालेको छ । बालिकाको गोपनीय विवरण सामाजिक सञ्जाल फेसबुक लगायतमा राख्ने व्यक्तिलाई प्रहरीले खोज्न थालेको अछाम प्रहरीले जानकारी दिएको छ ।
जनमत पार्टीले इलाम र बझाङमा उम्मेदवारी दिने
जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
‘राष्ट्रिय सभालाई देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्छु’
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा अध्यक्षको शपथ हुँदै
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालको शपथ केहीबेरमा राष्ट्रपति भवनमा हुँदैछ ।
सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पुस्तान्तरणले कांग्रेसलाई बलियो बनाउँछ
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्टले कांग्रेसलाई बलियो र मजबुत मनाउन पुस्तान्तरण सहितको रूपान्तरण आवश्यक रहेको बताउनुभयो ।
नेपालगन्जमा 'मौसमी भाइरल'का बिरामी बढ्दै
मौसम परिवर्तन भएसँगै नेपालगन्जमा ‘मौसमी भाइरल’का बिरामी अत्यधिक बढेका छन् ।
त्रिकोणात्मक टी–२० सिरिज : फाइनलमा नेपालको प्रतिद्वन्द्वी पीएनजी
हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्नेभएको छ ।