श्रेष्ठ मिस ग्रान्ड नेपाल
ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि चुम्न सफल हुनुभएको छ। उहाँले मिस ग्रान्ड इन्टरनेसनलको दसौँ संस्करणमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। वर्षा भण्डारी र रक्षा उप्रेती क्रमशः फस्ट र दोस्रो रनरअप हुनुभएको छ।
स्वर्णिमालाई ‘नेपाल किड्स आइकन’को उपाधि
नेपाल किड्स आइकन २०२२ को विजेता स्वर्णिमा जोशी हुनुभएको छ । ‘सिनियर गर्ल्स’ तर्फ १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उहाँ विजयी हुनु भएको हो ।
गायक कमल र मेलिनाले गरे 'इन्गेजमेन्ट'
काठमाडौं, भदौं, २७ गते । गायक कमल खत्री र गायिका मेलिना मैनालीले 'इन्गेजमेन्ट' गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत दुईले तस्विर सार्वजनिक गर्दै 'इन्गेजमेन्ट' गरेको जानकारी दिनुभएको हो । "जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं," दुवै जनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । कमल नेपाली सङ्|गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् भने मेलिना मैनाली रियालिटी सो भ्वाइस अफ नेपालबाट सङ्गीत क्षेत्रमा आउनुभएको हो ।
कृति अवार्डको १२औँ संस्करण
‘कृति अवार्डको १२औँ संस्करण शनिबार होटल सोल्टीमा सम्पन्न भएको छ। आन (एड्भरटाइजिङ एसोसिएसन अफ नेपाल)ले विगत १२ वर्षदेखि उक्त अवार्ड समारोह आयोजना गर्दै आएको छ। कार्यक्रममा आयोजक आनका अध्यक्ष सोम धितालले कृति अवार्ड विज्ञापन सिर्जनालाई सम्मानार्थ दिइएको बताउनुभयो। अवार्डमा २०७६ वैशाख १
कृपाको आवाजमा ‘तिमीसँग एक छिन’
‘सारेगमप लिटिल च्याम्स’ विजेता कृपा पौडेलको आवाजमा ’तिमीसँग एक छिन’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा मन्दिरा ढुंगेलको शब्द रहेको छ भने कल्याण सिंहले गीतको एरेन्ज गर्नुभएको छ ।
प्रमोद र ममताको सहकार्यमा ‘तप तप आँशु’
काठमाडौं, भदौ २६ गते। गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। ममता मिश्रको शब्द सिर्जना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमभावलाई नजिकबाट केलाइएको छ।गीतमा नवीन कार्कीको संगीत रहेको छ। गीतलाई निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ। निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडियोले हरेक प्रेमील जोडीको मन छुने बताउनुभएको छ।गीतकार ममता मिश्रको अफिसियल च्यानलबाट बजारमा ल्याएको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको भिनय देख्न सकिन्छ। गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिएलगायतका गीत यसअघि नै बजारमा आइसकेका छन्। उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ।
'ऐना झ्यालको पुतली' : गाउँले किशोरीको अधूरो सपना
काठमाडौं, भदौ २६ गते । सुजित बिडारीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’ले सबैको मन जित्न सफल भएको छ । एक सिसाको बोतलमा बन्द भएको पुतलीलाई खुला आकाशमा उडाएको प्रतीकात्मक दृश्यबाट सुरु हुन्छ फिल्म ‘ऐन झ्यालको पुतली’ । फिल्ममा धेरै पढेर ठूलो मान्छे बन्ने एक किशोरीको सपनालाई ऐना झ्यालमा अड्किएको पुतलीसँग जोडिएको छ । निर्देशक बिडारीले चलचित्रमा गाउँले परिवेश र रहनसहनलाई निकै मनछुने गरी दृश्यमा रूपान्तरण गर्नुभएको छ।दुई दिदीभाइको कथामा घुमेको चलचित्रमा युवा अवस्थामा मनमा जाग्ने रहर र आकाङ्क्षासँग बाँडिएका कथा हेर्न सकिन्छ । दिदी विद्या (कञ्चन चिमरिया) लाई गाउँबाहिर गएर राम्रो विद्यालयमा माध्यमिक तहमा भर्ना हुने र पढेर ठूलो मान्छे बन्नुछ तर त्यसका लागि घरका विभिन्न समस्याले उनको सपना अधूरै रहन्छ । जुन गाउँघरका प्रायः किशोरीले भोग्नुपरेको पीडासँग जोडिएको छ ।फिल्ममा विशेषगरी गाउँघरका एक श्रीमतीले घर व्यवहार सम्हाल्नका लागि गर्नुपरेको मिहिनेत र चुनौतीलाई निर्देशक बिडारीले प्रस्तुत गर्नुभएको छ ।बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि सङ्घर्ष गर्छ । योबाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेस गर्छ ।नेपाली महिलाले विवाहपछि भोग्नुपरेका चुनौती र दुःखलाई फिल्ममा सरल र सही ढङ्गमा देख्न सकिन्छ । हामीले फिल्ममा घरघरको यथार्थ पाउन सक्छौँ ।नेपालको विकट ठाउँमा अझै पनि महिनावारीलाई ठूलो समस्या मानिन्छ । यस अर्थमा चलचित्रमा कुनै किशोरी महिनावारी हुँदा १० दिनसम्म केटा मान्छेलाई हेर्न नहुने, घरबाट टाढा छुट्टै एक्लै कोठामै थुनिनुपर्ने लगायत यस्तो अवस्थामा आफूप्रति भाइले देखाउने माया र सद्भावलाई दृश्यमा देख्न सकिन्छ ।फिल्म हेर्दै गर्दा प्रायः दर्शकको बाल्यकाल र गाउँघरको सम्झना ताजा भएका छन् । ९० मिनेट लामो यस चलचित्र हेरेर धेरैले आफ्नो बाल्यकाल सम्झेर हाँसोसँगै आँसु पनि पोख्नु भएको छ । फिल्ममा गाउँमा हुर्किँदै गरेको त्यो बालापन र काठमाडौं गएर धेरै पैसा कमाउने सपना जुन हरेक युवाले देख्ने गर्छन्, त्यसलाई प्रस्तुत गरिएको छ ।परिवारको कथामा एक किशोरीले गरिबीको कारण आफ्नो पढाइलाई निरन्तरता दिन नसकेको जसको अन्तिम रूप विवाहमा परिणत भएको छ । मनमा पढ्ने चाहना हुँदाहुँदै त्यसलाई त्यागेर बेहुली बन्नुपर्ने अवस्थालाई फिल्मले बलियो प्रस्तुति दिएको छ ।ऐना झ्यालको पुतली, चलचित्र सुरु हुनुअघिसम्म सबै दर्शकको मनमा यी तीन शब्दले नै कौतूहल उत्पन्न गर्छ । यसबाहेक, फिल्ममा गाउँघरमा पैसा तिरेर फिल्म देखाउने चलनलाई देखाइएको छ । गाउँघरमा कुनै एक गन्यमान्य वा आर्थिक अवस्था राम्रो भएको घरमा मात्र टेलिभिजन हुने गर्ने दिनलाई समेटिएको छ ।फिल्म र्हैदै गर्दा धरै दर्शकले आफ्नो गाउँमा बिताएका बाल्यकाललाई सम्झिँदै नोस्टाल्जिक भएका छन् । फिल्मको ‘मेरो गाउँ ज्यामिरे’ गीतले पनि दर्शकलाई नोस्टाल्जिक बनाऔें भन्ने निर्देशक बिडारीको उद्देश्य हो । किनकि यो फिल्म नै एक प्रकारको नोस्टाल्जिया रहेको उहाँको भनाइ छ ।फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो । फिल्ममा सिरु बिष्टबाहेक पहिलो पल्ट अभिनय गर्ने कलाकारको बाहुल्य रहेको छ । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी आदिको अभिनय देख्न सकिन्छ ।
रेशम र आशाको दशैँ गीत 'आउन पाइन सम्झेर नरुनु'
काठमाडौं, २६ भदौ । गायक रेशम थापा नारायण र गायिका आशा लामाको स्वरमा लोक दोहोरी गीत 'आउन पाइन सम्झेर नरुनु' सार्वजनिक भएको छ । काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको यो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा बेवारिसे शव व्यवस्थापन गर्दै आउनुभएका विनयजंग बस्नेत, उहाँकी धर्मपत्नी पूजा विश्वकर्मा र आशा लामाको मुख्य अभिनय रहेको छ । गीतको निर्देशन निरज श्रेष्ठले गर्नुभएको हो ।
चलचित्र ‘गुलाबी’को निर्माण घोषणा
समुन्द्र भट्टको निर्देशनमा निर्माण घोषणा भएको चलचित्र ‘गुलाबी’को कास्कीमा शुभसाइत गरिएको छ। शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सीता वराह आयर–भयर मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो। क्यामेरा र स्क्रिप्ट पूजा कार्यक्रममा निर्माण टिम र उपलब्ध कलाकारको उपस्थिति थियो।
मोफसलकी बालिकाको कथा
विद्या (कञ्चन चिमोरिया)को इच्छा अनेक छन्, उनी पुतलीझैँ उड्न चाहन्छिन् तर घरको आर्थिक अवस्थाले उनी धेरै कुरा पु¥याउन असमर्थ छिन् अर्थात् उड्न सक्दिनन्। उनलाई पनि उनका अन्य साथीझैँ काठमाडौँ गएर पढ्न रहर छ तर उनको त्यो सपना पूरा हुँदैन। सधैँ स्कुलमा पहिलो हुने विद्या दोस्रो हुन्छिन् र उनको स्कुलबाट छात्रवृत्ति पाउने सपना चकनाचुर हुन्छ। चलचित्र ‘ऐना झ्यालको पुतली’ विद्या र उनको भाइ वसन्त (दिनेश खत्री)को कथा हो। वसन्त पहिला आफ्नो दिदीसँग एकदमै झगडालु हुन्छन् तर पछि दिदीकै मायाले गर्दा दिदीभाइको सम्बन्धमा एकाएक परिवर्तन आउँछन्।
सोमबार हल बन्द गर्ने निर्णय फिर्ता
काठमाडौं, भदौ २५ गते । नेपाल चलचित्र सङ्घले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । नेपाल चलचित्र निर्माता सङ्घसँगको छलफलमा हल बन्द गर्ने निर्णय फिर्ता भएको हो ।चलचित्र सङ्घको कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५-५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णयसमेत भएको छ । आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको हो ।वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गर्नुभएको छ ।
कलाकार मदनकृष्णको ‘माया रोपे माया फल्छ’
काठमाडौं, भदौ २५ गते । कलाकार मदनकृष्ण श्रेष्ठको ‘माया रोपे माया फल्छ’ गीत सार्वजनिक गरिएको छ । गीतमा गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ को शब्द छ भने कृति न्यौपाने (दिवाकर शर्मा) ले सङ्गीतबद्ध गर्नुभएको हो । कृष्णदेव रुपाखेतीले निर्देशन गर्नुभएको गीतको म्युजिक भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठकै अभिनय देख्न सकिन्छ । गीतमा पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन छ ।भिडियोमा उहाँसँगै निक शर्मा, ऋचा थापा तथा बाल कलाकार अर्नव घिमिरेले साथ दिनुभएको छ । उत्सव दाहालको छायाङ्कन तथा विकास ज्ञवालीको सम्पादन रहेको यो भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ ।
'म त तिम्रै हुँ' बोलको गीत सार्वजनिक
काठमाडौं, भदौ २५ गते । गायक निशान भट्टराई र किसु थापाको स्वरमा 'म त तिम्रै हुँ' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीत गायक भट्टराईको अफिसियल युट्युब च्यानल 'निशान भट्टराई'बाट सार्वजनिक गरिएको हो ।गायक तथा सङ्गीतकार विकास पाण्डेको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा युवराज केसरी रितु चौधरीको अभिनय रहेको छ । गीतको भिडियोमा निर्देशन, छायाङ्कन र सम्पादन विकास गुरुङले गर्नुभएको हो । गीतमा एरेन्ज अभि अमृत ल्वागन र एनएस आर्याको रहेको छ ।
सिनेमाघरमा चार चलचित्र
नेपाली सिनेमाघरमा दुई नेपाली चलचित्र र दुई भारतीय चलचित्र प्रदर्शनमा आएका छन्। ‘ऐना झ्यालको पुतली’ ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ब्रह्मास्त्र : पार्ट वान’ र ‘सीता रामम’ प्रदर्शन भएका हुन्। सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा भन्छ। चलचित्रले बाल्यकाल र बाल्य अवस्थासँग जोडिएका विभिन्न स्मृतिका कथा पनि बताउँछ। चलचित्रलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो। चलचित्रमा भने सिरु विष्टसँगै कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीलगायतको अभिनय रहेको छ।
धोकाको म्युजिकमा परियारको अभिनय
गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोका’ मा अभिनय गरेका रामकुमार परियार यतिबेला चर्चामा हुनुहुन्छ ।
सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय
हल व्यवसायी र वितरकको छाता संस्था नेपाल चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको कार्यसमिति बैठकले सांकेतिक रुपमा विरोध स्वरुप भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय गरेको हो।
'महापुरुष' विदेशमा पनि नियमित 'साे'मा प्रदर्शन हुँदै
काठमाडौं, भदौ २३ गते । कात्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको चलचित्र ‘महापुरुष’ विदेशमा पनि नियमित 'साे'मा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गर्नुभएको चलचित्र संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशहरूमा एकसाथ रिलिज हुँदैछ ।यीमध्ये अमेरिका र अस्ट्रेलियामा प्रदर्शनका लागि लगभग रेगुलर 'साे'को चाँजोपाँजो मिलेको छ । एसएमएस इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स महँगो रकममा खरिद गरेका छन् ।पाँच सदस्य मिलेर सञ्चालनमा ल्याएको एसएमएस इभेन्ट्सले अस्ट्रेलियाका विभिन्न प्रान्तमा आयोजना हुने साे र एकै सर्भरमार्फत टिकट लिन सकिने गरी एप डेभलप गरिरहेको छ ।निर्देशक भट्टराईका अघिल्ला चलचित्रले दर्शकलाई निराश नबनाएका कारण ‘महापुरुष’को अस्ट्रेलियामा राम्रो माग रहेको एसएमएस इभेन्ट्सका एक प्रतिनिधिले बताउनुभयो । अमेरिका रिलिजको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतीक सुवेदीले प्रदीप भट्टराई र निर्माता रवीन्द्र सिंह बानियाँको यसअघिको सहकार्यमा बनेका चलचित्रले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बत्ताउनुभयो ।उहाँले 'मोमो इन्टरटेनमेन्ट'का विपिन थकालीसँग मिलेर अमेरिकासँगै क्यानडामा साे गर्नुभएको छ । उहाँले त्यहाँका दर्शकलाई नेपालमा झैँ रेगुलर साेमा चलचित्र देखाउने काम गरिरहेका छन्।नियमित 'साे'मा चलचित्र देखाउने भएपछि आफूले वितरण कम्पनीसँग सहकार्य गरेको निर्माता बानियाँले बत्ताउनुभयो । "जसरी चलचित्र देखाउने शैली कम्युनिटी हलबाट चलचित्र हलमै पुग्यो । अब दर्शकलाई एउटा साे दिनेभन्दा पनि रेगुलर सोमै चलचित्र देखाउने हाम्रो तयारी पूरा भएको छ । अब दर्शकले अन्य विदेशी चलचित्र झैँ आफ्नो अनुकूल समयमा हेर्न पाउनु हुनेछ", बानियाँले भन्नुभयो ।अमेरिकामा पनि नेपालमा रिलिजकै दिन ३० साेको हाराहारीमा चलचित्र प्रदर्शन हुनेछ । यसको अस्ट्रेलिया र अमेरिका राइट्स ५०-५० लाखमा बिक्री भएको हो । सामाजिक कथावस्तुमा आधारित ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतका कलाकारको अभिनय छ ।दीपक बज्राचार्यले खिच्नुभएको चलचित्र कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको सङ्गीत, शङ्कर महर्जनको एक्सन, वाइल्ड रिपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ ।षट्कोण आर्ट्सको ब्यानरमा निर्मित चलचित्र रवीन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दीपेश खत्री चलचित्रका निर्माता हुन् ।
'नेपाल ट्यालेन्ट हन्ट'को डिजिटल अडिसन सुरु
काठमाडौं, भदौ २३ गते । नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सो 'नेपाल ट्यालेन्ट हन्ट'ले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साइना सहारा ग्रुपले सोमा भाग लिन चाहने कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जानकारी दिनुभएको हो । रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, नीर शाह, सुगम पोख्रेल हुनुहुन्छ । यस्तै, सोका निर्माता टेकप्रसाद बाँस्तोला हुनुहुन्छ भने हरि शर्मा प्रोग्राम हेड छन् । फुर्वा शेर्पा र विष्णुबाबु पन्थ निर्देशनमा हुने कार्यक्रम हरेक शनिकार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ ।सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडीदेखि जस्तोसुकै प्रतिभा पनि प्रस्तुत गर्न सक्ने भएकाले खुला रुपमा आउन सोका प्रोग्राम हेड शर्माले बताउनुभयो । विजेता हुने प्रतियोगीले ५० लाखदेखि विभिन्न अवसर प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । यो बाहेक सम्बन्धित विधामा विजेताले विशेष अवसर पाउन सक्ने आयोजकले जनाएकाे छ । अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो audition.nepaltalenthunt@gmail.com मा पठाउनुपर्नेछ । अडिसन भदाै २९ गतेसम्म खुला रहनेछ ।
‘ऐना झ्यालको पुतली’ प्रिमियरमा सेलिब्रेटी
सोमबार प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले ‘ऐना झ्यालको पुतली’ हेरिरहँदा आफ्नै कथा हेरिरहेजस्तो महसुस भएको बताउनुभयो। चलचित्रको कथा, निर्देशन र कलाकारको प्रशंसा गरेका फिल्मकर्मी तथा साहित्यकारले फिल्मले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिनुभएको थियो। प्रिमियरमा उपस्थित गायिका आनी छोइङ डोल्माले चलचित्र सुन्दर बनेको बताउँदै चलचित्रलाई नेपालभरिका स्कुलमा देखाउन आग्रह गर्नुभयो। रङ्गमकर्मी विमल सुवेदीले चलचित्रलाई आफ्नो जीवनकालमै हेरेको उत्कृष्ट नेपाली चलचित्रको सूचीमा सदैव रहने बताउनुभयो।
पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’
अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार–२०७९’ प्रदान गरिएको छ। उपचारको क्रममा गत वर्ष निधन भएकी मोडल घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो।
सिरियल किलरको कथा ‘कटपुतली’
बलिउड अभिनेता अक्षय कुमार अभिनीत ‘कटपुतली’ सस्पेन्सले भरिएको चलचित्र हो। चलचित्रले दर्शकलाई अन्त्यसम्म नै उत्साहित बनाउँछ। चलचित्रमा अक्षयसँगै रकुल प्रीत सिंह, चन्द्रचुर सिंह, सरगुन मेहताको पनि अभिनय देख्न सकिन्छ। चलचित्रलाई ज्याकी भगवानीले निर्माण गरेका हुन् भने रञ्जित एम तिवारीले निर्देशन गरेका छन्। चलचित्र २०१८ को तमिल साइकोक्राइम थ्रिलर ‘रत्सासन’को रिमेक हो।
नायक शाहलाई बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद फैसला
जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ ।
'प्रेमगीत ३'काे 'हर युग होस्' गीत सार्वजनिक
काठमाडौं, भदौ २१ ग्ते । फिल्म 'प्रेमगीत ३'को 'हर युग होस्' गीतको भिडियो सार्वजनिक भएको छ । असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको फिल्म आज सार्वजनिक भएको हो । प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतको नयाँ संस्करणमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिश कार्कीको सङ्गीत छ । गीतको भिडियोमा प्रदीप खड्का र क्रिस्टिना गुरुङलाई देख्न सकिन्छ ।सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गर्नुभएको छ । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पार्नुभएको हो ।प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्मलाई सञ्जय सक्ला, बनिष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो ।
‘एक्सन’ मात्र भनेर सफल निर्देशक बनिँदैन : जोशी
समीर जोशी नायक बन्न कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभएको हो तर उहाँको पहिचान अहिले एक सफल निर्देशकका रूपमा रहेको छ। २०५२ सालमा प्रदर्शन भएको ‘कुशा’ टेलिचलचित्रबाट उहाँले यस क्षेत्रमा पाइला टेक्नुभयो। परिवारमा यस क्षेत्रमा कोही पनि थिएन तर मेरो आफ्नै इच्छाले चलचित्र क्षेत्र रोजेँ, जोशीले भन्नुभयो, “सानैदेखि चलचित्रमा अभिनय गर्ने सोख थियो। विद्यालयमा कार्यक्रम हुँदा अभिनय गर्ने, गीत गाउनेजस्ता क्रियाकलाप गर्थें। त्यसैले सानैदेखि नायक बन्न इच्छा थियो। नायक नै बन्छु भनेर यस क्षेत्रमा होमिएँ तर निर्देशक बनेँ।”