• ८ जेठ २०८१, मङ्गलबार

'छक्का पन्जा ४'को 'सिरूपाते जुँगामा' गीत सार्वजनिक

blog

काठमाडौं, फागुन २३ गते । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'छक्का पन्जा ४' को दोस्रो गीत सार्वजनिक गरिएको छ । मङ्गलबार 'ओएसआर डिजिटल' युट्युब च्यानलमार्फत फिल्मको ’सिरूपाते जुँगामा’ बोलको गीत सार्वजनिक गरिएको हो । 

गीतमा बाबुल गिरीको स्वर, शङ्कर अधिकारीको शब्द र बाबुलकै सङ्गीत संयोजन तथा मिसिङ छ । गीतको भिडियोमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ ।

हेमराज बीसीले निर्देशनमा बनेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । 

नरेन्द्र मैनालीले छायाङ्कन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो । यस्तै, फिल्मले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ ।