• ११ मंसिर २०८१, मङ्गलबार

गायक लामाको स्वरमा ‘हरियो भन्नुु’

blog

काठमाडौँ, फागुन २४ गते । जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नुु’ पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ । 

मङ्गोलियन हार्टका गायक राजु लामाको स्वरमा ल्याइएको गीतमा पहिलाभन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलका लागि गीतकार मन्दिरा ढुङ्गेलले शब्द रचना गर्नुभएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ । गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।