भारतका चर्चित गायक केकेकाे हृदयाघातको कारण निधन
भारतका चर्चित गायक ५३ वर्षीय केके (कृष्णकुमार कुन्नथ) मंगलबार राति हृदयघातको कारण निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उहाँको हृदयाघातको कारण निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
परिवर्तनको बाटोमा नेपाली चलचित्र
पछिल्लो समयमा बनेका र बन्दै गरेका नेपाली चलचित्र हेर्दा लाग्छ नेपाली सिनेमा क्षेत्रमा विस्तारै गुणस्तरमा आएको सुधार र आर्थिक गतिविधिले गति लिन थालेको परिणाम यस क्षेत्रमा शुभसङ्केत देखिँदै छन् । अभिनय लगायतका कुनै विषयवस्तु
नायिकामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा
काठमाडौं, जेठ १७ गते । 'कबड्डी ४' फिल्मका अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुगुका लामालाई मङ्गलबार रिहा गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख सुदीप गिरीले जानकारी दिनुभएको हो ।मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको हो । उहाँको मौखिक उजुरीपछि प्रहरीले लामालाई नियन्त्रणमा लिएको थियो । यस्तै, उक्त घटनापछि लामाको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।
फिल्म 'आँखा'को घोषणा
काठमाडौं, जेठ १७ गते । निशा अधिकारीको मुख्य भूमिका रहने फिल्म 'आँखा'को घोषणा गरिएको छ । जोन योञ्जनको निर्देशनमा बन्न लागेको फिल्ममा नेपाली समाजको एउटा पाटोलाई चित्रण गरिएको हो ।योञ्जनकै पटकथा रहने फिल्ममा निशाका साथै आरके मेहता, अस्मिता लामिछाने, सरोज खनाल, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहने जनाइएको छ ।साथै पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषीको अभिनय रहनेछ । आकोश शुक्लाले छायाङ्कन गर्ने फिल्ममा सङ्गीत दीपक आरजेको रहनेछ भने द्वन्द्व निर्देशन रेवन्तविक्रम थापाको हुनेछ । फिल्मले २०८० मा प्रदर्शनको लक्ष्य राखेको छ ।
हाँस्य कलाकार उत्तम केसी : 'जोइटिङ्ग्रे' देखि 'चुँईचुँई' सम्म
रंगमञ्चदेखि चलचित्रसम्मको यात्राको तय गर्नुभएका कलाकार हुनुहुन्छ उत्तम केसी । उहाँ नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुनुहुन्छ । बाल्यकालदेखि कला क्षेत्रमा रमाएका केसीले विद्यालय पढ्दादेखि नै अभिनय यात्रा सुरु गर्नुभएको हो ।
'मन परेरै हो' सार्वजनिक
काठमाडौं, जेठ १६ गते । लोक गायक नविन पौडेल र मेलिना राईको स्वरमा 'मन परेरै हो' गीत सार्वजनिक गरिएको छ । गीतमा गायक नविन पौडेलकै संगीत र कृष्ण विकको एरेन्ज रहेको छ । गीतको भिडियोमा दिनेश पौडेल, विवेक खड्का, सविना गुरुङ, सरु राई, रचना दर्नाल, सोनी विक र नवराज मगरको अभिनय देख्न सकिन्छ । गीतमा विवेक खड्काले सम्पादन तथा निर्देशन रहेको छ ।
आमिरको 'लाल सिंह चड्डा'
काठमाडौं, जेठ १६ गते । चलचित्र 'लाल सिंह चड्डा' को ट्रेलर सार्वजनिक गरिएको छ । कोरोना महामारीका कारण राेकिएको यो फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । ब्लकबस्टर चलचित्र '३ इडियट्स' पछि 'लाल सिंह चड्डा' मा करिना र आमिरको जोडी जमेको छ । चलचित्रमा आमिर र करिनाकासाथै मोना सिंह र चैतन्य अक्किनेनीको पनि मुख्य भूमिका रहेको छ । चलचित्र अगस्ट ११ तारिखमा रिलिज हुने भएको छ ।
'मोडल हन्ट नेपाल'को सातौं संस्करण सुरु
काठमाडौं, जेठ १६ गते । 'मोडल हन्ट नेपाल २०२२'का लागि आवेदन खुला गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले विज्ञप्ति जारी गर्दै सन् २०२२ को सातौं संस्करण संस्करणको लागि आवेदन खुला भएको जानकारी दिएको हो ।प्रतियोगिताको अडिसन असार ४ गतेदेखि साउन अन्तिम सातासम्म हुनेछ । फाइनल प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, -याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।१८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान छ ।प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ बराबरको उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
बेलायतमा नेपाली फिल्म फेस्टिभल
थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका चलचित्रहरू मध्ये