'छक्कापञ्जा ४' निर्देशन गर्दै हेमराज बीसी
काठमाडौं, जेठ २३ गते । ‘छक्का पन्जा’ टिमको आगामी फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने भएका छन् । निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । ‘निर्देशकको रुपमा हेमराज बीसी आउने भएको हो । यसअघिका तीन वटा सिक्वेललाई दीपाश्री निरौलाले निर्देशन गर्नुभएको हो ।‘छक्कापञ्जा’को चौथो सिक्वेलमा दीपाश्री निरौला अभिनेत्रीको रुपमै देखिने भएको छ । सन् २०१३ मा ‘होस्टेल’ निर्देशनसँगै नेपाली फिल्ममा करिअर थालेका बीसीले सम्बोधन, गाजलु, द ब्रेकअप, ग्याङस्टर ब्लुज र घामड शेरे निर्देशन गर्नुभएको हो ।
दयाराम दाहालको दुई वर्षे कार्यकाल सम्पन्न
२०७७ साल जेठ २७ गतेबाट चलचित्र विकास बोर्डमा अध्यक्षको पद सम्हाल्नुभएका दयाराम दाहालले आफ्नो दुई वर्षे कार्यकाल टुङ्ग्याउनुभएको छ । यसबीचमा दाहालले उपलब्धिमुलक कार्यक्रमको सुरुवात गरेको जानकारी दिनुभयो । आफ्नो कामको सूची बनाउँदै दुई वर्षे कार्यकाललाई कोभिड १९ महामारीले असर गरेको भएपनि विषम परिस्थितिमा नेपाली चलचित्रलाई दीर्घकालीन हित गर्ने कार्यक्रमको थालनी गरेको समेत उहाँले दावी गर्नुभयो ।
नेवार समुदायमा विशेष महत्त्व राख्ने चाड सिथि नखः
काठमाडौँ, जेठ २३ गते । बिहान पानीको स्रोत सरसफाइ गरी विभिन्न परिकार बनाई नेवार समुदायले आइतबार सिथि नखः पर्व मनाएका छन् । गर्मी मौसम सकेर वर्षायाम सुरु भएका बेला ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन यो पर्व मनाइन्छ । सिथि नखः पर्वका दिन आफ्नो टोल वरपर रहेका पानीको परम्परागत स्रोत इनार, कुवा, पोखरी र ढुङ्गेधाराको सरसफाइ गर्ने चलन रहेको छ । संस्कृतविद् ओम धौभडेलले बिहान सबेरै नुहाई धुवाई गरी विभिन्न परिकार पकाएर कार्तिके देवतालाई चढाएर खानुपर्ने बताउँदै घरको मूल ढोका बाहिरको (पिखालखु) अर्थात् क्षत्रपाल कुमारलाई सिथि द्योः अर्थात् सिथि देवताका रूपमा पूजा गर्ने परम्परा रहेको बताउनुभयो । भगवान् कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतबाट बनेका विशेष प्रकारका पकवान ‘बारा’ खाने प्रचलन छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामरी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी)समेत खाने गरिन्छ ।नेवार समुदायमा ऋतुअनुसार मनाइने चाडपर्वमा विशेष पक्वान्न खाने प्रचलन छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ, धौभडेलले भन्नुभयो, “सिथि नखःको दिन नेवार समुदाय पानीको स्रोत सरसफाइ गर्छन् । वर्षाको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो ।” उहाँले हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको प्रस्ट पार्नुभयो । यसैगरी भाषा तथा संस्कृतिविद् गणेशराम लाछीले सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्त्व राख्ने जानकारी दिँदै भन्नुभयो, “यस चाडसँगै वर्षा सुरु हुने र वर्षामा महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा लिइन्छ ।नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्त्व राख्ने गरेको लाछी बताउनुहुन्छ । पहिलो सिथि नखः महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्म दिन भएकाले पनि धार्मिक महìव छ, गणेश देवताका गणनायक र कुमार देवगणका सेनापति हुनुहुन्छ । देवी देवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षाका बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास गरिन्छ, लाछीले भन्नुभयो ।नेवारीमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवस्थामा किसानलाई जात्रा पर्व सबै थाती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रूपले पनि तयार पार्ने चाडका रूपमा सिथि नखःको विशेष महत्व रहने गरेको लाछीको जानकारी दिनुभयो । धान खेती धेरै मिहिनत र परिश्रमयुक्त खेती हो । वर्षाको झरीमा रुझेर, हिलो माटोसँग पाैंठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको उहाँले बताउनुभयो । लिच्छविकालदेखि सुरु भएको जनविश्वास रहेको सिथि नखःका दिन नित्य पूजा गर्नुपर्ने देवीदेवता तथा आफ्ना दिवंगत पूर्वजलाई विभिन्न परिकार चढाउने तथा परिवारका सबै सदस्य एक ठाउँमा बसेर खाने गर्छन् ।संस्कृतिविद् लाछीका अनुसार पानीको मुहान, इनार र कुवाका साथै आफू बस्ने घरटोल वरपर सरसफाइ गरी मनाइने भएका कारण नेवार समुदायले सयौँ वर्षदेखि धार्मिक हिसाबले आफू वरपर सरसफाइ गर्दै आएको छ । उहाँ भन्नुहुन्छ– “विश्व सरसफाइ दिवस मनाउने चलन अहिले मात्र आएको हो, यो परम्परा नेवारी समुदायमा सयौँ वर्षअघिदेखि नै छ ।”सिथि नखःका दिन काठमाडौँको जैसीदेवलमा सिथिद्यः (कुमार देवता) प्रदर्शन गर्ने तथा भक्तजनले समेत चिउरा राखी पूजा गर्ने चलन रहेको छ । त्यसको भोलिपल्ट सिथिद्यःलाई रथमा राखेर काठमाडौँमा सहर परिक्रमा गरी जात्रा मनाइन्छ । बौद्धमार्गीका लागि पनि यो दिनले ठूलो महìव राख्छ । बुद्ध महासत्व भई जन्म लिएको बेला नमोबुद्ध भन्ने स्थानमा बच्चा जन्माई अशक्त भएको बाघलाई बुद्धले आफ्नो शरीरको मासु काटेर बाघलाई खुवाएको र बुद्धले निर्वाण प्राप्त गरेको दिनका रूपमा सिथि नखःलाई लिन्छन् । त्यसैले यो दिन महासत्व राजकुमारको गीत गाउने प्रचलन छ ।
कलाकार शाहलाई थुनामै राख्न आदेश
नाबालिकाको यौन शोषण गरेको अभियोगमा तनहुँ कारागारमा पूर्पपक्षको लागि थुनामा रहनुभएका नायक पूर्णविक्रम शाहलाई उच्च अदालत पोखराले पनि थुनामै राख्न आदेश दिएको छ । शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गर्दै थुनामा राख्न आदेश दिएको हो ।
शाहरुख खानको एक्सन फिल्म 'जवान'
काठमाडौं, जेठ २१ ग्ते । बलिउडका बादशाह शाहरुख खानको आगामी फिल्म 'जवान'को टिजर सार्वजनिक भएको छ । रेड चिलिज इन्टरटेनमेन्टको युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । बहुप्रतिक्षित फिल्म ‘जवान’को टिजर सार्वजनिक भएसँगै शाहरुखले लेख्नुभएकाे छ, "एउटा एक्सनले भरिएको फिल्म २ जुन २०२३ मा सिनेमाघरमा हामी लिएर आउँदै छौं।"फिल्मलाई एटली कुमारले निर्देशन गर्नुभएको हो । २०२३ मा प्रदर्शनमा आउन लागेको यो फिल्म हिन्दीसँगै तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुने बताइएको छ।
प्रविशा र सजलको 'अलिअलि तिमीसँग'
काठमाडौं, जेठ २० गते । प्रविशा अधिकारी र सजल न्यौपानेको स्वर रहेको 'अलिअलि तिमीसँग' बोलको गीत सार्वजनिक भएको छ । सक्रिय श्रेष्ठको शब्द र सजल न्यौपानेको संगीत रहेको गीतको एरेन्ज रिदम कँडेलले गर्नुभएको हो ।निकेश खड्काले निर्देशन गर्नुभएको भिडियोमा आकाश श्रेष्ठ र पूजा गिरीको अभिनय देख्न सकिन्छ । यस्तै, भिडियोमा विकास धमलाकाे सम्पादन रहेकाे छ ।
'लण्डन टु पेरिस'मा साम्राज्ञीको जोडी निश्चल
काठमाडौं, जेठ २० गते । एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने 'लण्डन टु पेरिस'मा निश्चल खड्का र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मीशाहसँगै देखिने भएका छन् । यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा र कबिर खड्का फाइनल हुनुभएको हो । घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेख्नुभएको छ । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह–निर्माता अजित सिंह हुन् ।
कुइनेटो र ऐना उत्कृष्ट चलचित्र
दसौँ नेपाल–अफ्रिका फिल्म फेस्टिभल २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फ सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यसैगरी करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोस्ट अफ स्पेसटाइम’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड पायो ।
शिरीष देवकोटाको 'कहाँ हो तिम्रो मावल ?'
काठमाडौं, जेठ १९ गते । गायक शिरीष देवकोटा र गायिका रितु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत 'कहाँ हो तिम्रो मावल' सार्वजनिक भएको छ । गीतमा शिरीष देवकोटाकै शब्द एवं संगीत, कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार गीतको भिडियोमा अञ्जली अधिकारी र लोमश शर्माको नृत्य एवं अभिनय देख्न सकिन्छ । रोइला गीतबाट ख्याती कमाउनुभएका शिरीषले एक वर्षको अन्तरमा आफ्नो स्वरमा नयाँ रोईला गीत सार्वजनिक गर्नुभएको हो । उहाँका 'खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा’, ‘दुर्गा हौ कि भवानी, बढ्दै गा‘को जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, माया लाउन मिल्छ र’ जस्ता रोइला गीत निकै चर्चित मानिन्छन् । यस्तै, गीतको भिडियोलाई अजय रेग्मीले खिच्नुभएको हो भने दीपक विष्टले सम्पादन गर्नुभएको हो ।