• २२ असार २०८१, शनिबार

फेसन सोका लागि आवेदन खुला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २४ गते ।‘आईसी डिजाइनर रनवे ११’ले फेसन सोमा सहभागी हुने मोडलका लागि आवेदन खुला गरेको छ । नेक्स्ट मोडल्स नेपालले जेठ २८ गते आयोजना गर्ने फेसन सोमा कम्तीमा पाँच फिट छ इन्च उचाइ भएका महिलाले आवेदन दिन सक्ने जनाइएको छ । 

फेसन सोमा छ पुरुष र २४ महिला गरी ३० मोडलले सहभागिता जनाउनेछन् । उनीहरूले आईसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन -याम्पमा प्रस्तुत गर्नेछन् । 

आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आईसी डिजाइनर रनवे’ले नेपाली डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु-याउने उद्देश्यका साथ यो फेसन सो गर्न लागेको जानकारी दिनुभयो ।