• १ माघ २०८२, बिहिबार

‘हन्टर’ को छायाङ्कन सम्पन्न

blog

काठमाडौँ (गोरखापत्र), माघ १ गते  । चलचित्र ‘हन्टर’ को छायाङ्कन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’ को छायाङ्कन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई जीवन सिंहले निर्देशन गर्नु भएको छ । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको लेखक र सम्पादक पनि निर्देशक स्वयं हुनु हुन्छ । 

सुदूरपश्चिमको कथा दर्साउने चलचित्रमा अरुण क्षेत्री, प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय रहेको छ । चलचित्रमा कृष्ण थापाको डिओपी विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी र बाबुल गिरीको सङ्गीत रहेको छ ।