युट्युब ट्रेन्डिङमा 'डाँडाको वरपीपल'
काठमाडौं, जेठ २५ गते । बक्स अफिसमा सफलता पाउन नसकेको फिल्म ‘डाँडाको वरपीपल’ युट्युबमा रिलिज भएको छ । फिल्मले युट्युबमा भने राम्रो दर्शक बटुलेको हाे । फिल्म अहिले युट्युव ट्रेन्डिङको शीर्षस्थानमा छ । फिल्ममा अभिनेता सलोन बस्नेत र रुविना श्रेष्ठको मुख्य भूमिका छ । फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजङ्ग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, सङ्गम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायतको अभिनय छ । नवराज गिरीको लगानी रहेको सिनेमालाई सुशान्त प्रजापतिले खिच्नुभएको हो । फिल्मलाई शोभित बस्नेतले निर्देशन गर्नुभएको हो ।
हलिउड फिल्म 'जोकर'को सिक्वेल बन्ने
काठमाडौं, जेठ २५ गते । हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने भएको छ । टड फिलिप्सको निर्देशनमा बनेको यो फिल्मको दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोलाइ अ ड्युक्स’ राखिएको हो । यस फिल्मलाई फिलिप्स र स्कट सिल्भरले मिलेर लेख्ने भएका छन् । सन् २०१९ मा प्रदर्शनमा आएको जोकरले विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेको थियो । यो फिल्म उत्कृष्ट फिल्म, निर्देशक र एडप्टेड पटकथासहितको १२ विधामा ओस्कार अवार्डमा मनोनीत भएको थियो ।
युवापुस्तामा कपाल रँगाउने बढ्दो फेसन
कपालमा रातो, नीलो, हरियो, पहेँलो रङ लगाउनु फेसनका रूपमा लोकप्रिय हुँदै छ । अहिलेका युवा वर्ग आफ्नो कपाललाई विभिन्न रङ लगाउने गरेको पाइन्छ । बजारमा देखिएका नयाँखालका कपालको रङ (हेयर कलर) लगाउने प्रतिस्पर्धा नै चलेको छ । सहर बजारमा रातो, नीलो, बैजनी, खैरो रङको कपाल पार्ने युवाको जमात भेटिन्छ । “विगतलाई हेर्दा अहिले हेयर कलरप्रति मानिसको सोचाइमा परिवर्तन भएको छ,” सौन्दर्यकर्मी ओसिका मुल्मीले भन्नुभयो, “केही समयअघिसम्म हेयर कलर महिलाले नै बढी
चलचित्र अवार्ड आयोजना हुने
सर्ट फ्लाएर्स चलचित्र अवार्ड–०७९ आयोजना हुने भएको छ । स्थानीय निर्वाचनका कारण स्थगित गरिएको अवार्ड अब आगामी कात्तिक ५ गते विराटनगरमा आयोजना गरिने भएको छ ।
'मिस नेपाल वर्ल्ड' : 'ओपनिङ राउण्ड'मा 'आईआईएफटी'को पहिरनमा
काठमाडौं, जेठ २४ गते । 'मिस नेपाल वर्ल्ड-२०२२'का प्रतियोगीहरु हिजोआज प्रशिक्षणमा व्यस्त छन् । ‘मिस नेपाल वल्ड’को यस संस्करणमा २४ जना सुन्दरी ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।नेपालको सौन्दर्य प्रतियोगितामध्येकै उत्कृष्ट ‘मिस नेपाल वर्ल्ड-२०२२’को ग्राण्ड फिनाले यही १८ जुन अर्थात् असार ४ गते हुँदैछ । हरेक सौन्दर्य प्रतियोगिताको ‘ओपनिङ राउण्ड’लाई महत्वका साथ लिइन्छ, किनकि पहिलो राउण्डसँगै दर्शकमाझ प्रतियोगीकाे पहिलो परिचय खुल्छ । त्यसैले प्रतियोगीहरुले ‘ओपनिङ राउण्ड’मा पहिरनले ड्रेसको बेग्लै महत्व राख्छ ।यसपटक ‘मिस नेपाल वल्र्ड’का प्रतियोगीहरु पहिलो राउण्डमा 'आईआईएफटी'बाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरहरुले तयार पारेको डिजाइनिङ पहिरनमा प्रस्तुत हुने भएका छन् ।आईआईएफटी अर्थात् इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट ग्राजुएट गरेका १० जना फेसन डिजाइनरहमा पेशल खड्का, पम्फा श्रेष् मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाहीले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगाना हुनुहुन्छ ।डिजाइनरहरुले चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, के कस्तो थिम भने खुलाइएको छैन ।
असार ३१ म पुजा र आकाशको 'सम्झना बिर्सना'
काठमाडौं, जेठ २४ गते । अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म 'सम्झना बिर्सना' को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि जेठ ६ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई अब ३१ असारको लागि प्रदर्शन घोषणा गरिएको हो । फिल्मलाई निमेष प्रधानले निर्देशन गर्नुभएको हो भने अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको सिनेमामा पूजा, आकाशका अलवा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्ममा संवाद लेखनमा अभिनेता राणा र शिव ढकालले खिच्नुभएको हो। यस्तै, राजन इशान र सुदर्शन तामाङको सङ्गीतसँगै कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको सिनेमाको क्रिएटिभ हेड स्वर्गीय विशारद बस्नेत हुन् ।
'द सिक्रेट्स अफ राधा'को प्रदर्शन मिति सार्वजनिक
काठमाडौं, जेठ २४ गते । सृष्टि श्रेष्ठ अभिनित चलचित्र 'द सिक्रेट्स अफ राधा'को प्रदर्शन मिति पनि घोषणा गरिएको छ । चलचित्रले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ रिलिज मितिको रुपमा तय गरेको हो।सुवर्ण थापा निर्देशित चलचित्रमा अभिनेत्री श्रेष्ठले एकल आमाको भूमिकामा अभिनय गर्नुभएको छ । फिल्ममा सौगातसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।
'सम्राट पृथ्वीराज'ले कमायो तीन दिनमा ४० करोड
काठमाडौं, जेठ २४ गते । अभिनेता अक्षय कुमार र मानुषी छिल्लर अभिनित फिल्म 'सम्राट पृथ्वीराज'ले बक्स अफिसमा पहिलो साता राम्रो कमाई गरेको छ । फिल्मले भारतबाट मात्र तीन दिनमा ४० करोड कमाएको हो । पहिलो र दोस्रो दिनको तुलनामा तेस्रो दिन फिल्मको कलेक्सनमा ५० र २० प्रतिशतले वृद्धि भएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार फिल्मले तेस्रो दिन १६.१० करोड कमाएको छ ।तीन सय करोडको मेगा बजेटमा बनेको फिल्मले तेस्रो दिन १६ करोड १० लाख रुपैयाँ कलेक्सन गरेको बताइएको छ । यस अनुसार ३ हजार ७५० भन्दा बढी स्क्रिनमा रिलिज भएको फिल्मले पहिलो साता अर्थात् ३ दिनमै भारतबाट ३९.४० करोडको बक्स अफिस कलेक्सन गरेको छ भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । योसँगै 'वर्ल्ड वाइड' फिल्मले ६० करोडभन्दा बढी कमाएको छ ।
खगेन्द्रको 'पानीफोटो' साउनमा
काठमाडौं, जेठ २४ गते । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बन्ने फिल्म 'पानीफोटो'को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी भदौ १० मा प्रदर्शनमा आउन लागेको फिल्म सरेर १३ साउनका लागि तय गरिएको हो।अभिनेता खगेन्द्रले आफू लिखित नाटक 'पानीफोटो'लाई फिल्मको स्वरुपमा ढालेका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मालगायतको अभिनय छ ।फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् भने निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्नुभएको हो । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्ममा पुष्पा सङ्गमको पाश्र्व सङ्गीत छ ।