• १६ असार २०८१, आइतबार

युट्युब ट्रेन्डिङमा 'डाँडाको वरपीपल'

blog

काठमाडौं, जेठ २५ गते । बक्स अफिसमा सफलता पाउन नसकेको फिल्म ‘डाँडाको वरपीपल’ युट्युबमा रिलिज भएको छ । फिल्मले युट्युबमा भने राम्रो दर्शक बटुलेको हाे । 

फिल्म अहिले युट्युव ट्रेन्डिङको शीर्षस्थानमा छ । फिल्ममा अभिनेता सलोन बस्नेत र रुविना श्रेष्ठको मुख्य भूमिका छ । 

फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजङ्ग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, सङ्गम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायतको अभिनय छ । 

नवराज गिरीको लगानी रहेको सिनेमालाई सुशान्त प्रजापतिले खिच्नुभएको हो । फिल्मलाई शोभित बस्नेतले निर्देशन गर्नुभएको हो ।