• २० असार २०८१, बिहिबार

'सम्राट पृथ्वीराज'ले कमायो तीन दिनमा ४० करोड

blog

काठमाडौं, जेठ २४ गते । अभिनेता अक्षय कुमार र मानुषी छिल्लर अभिनित फिल्म 'सम्राट पृथ्वीराज'ले बक्स अफिसमा पहिलो साता राम्रो कमाई गरेको छ । फिल्मले भारतबाट मात्र तीन दिनमा ४० करोड कमाएको हो । 

पहिलो र दोस्रो दिनको तुलनामा तेस्रो दिन फिल्मको कलेक्सनमा ५० र २० प्रतिशतले वृद्धि भएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार फिल्मले तेस्रो दिन १६.१० करोड कमाएको छ ।

तीन सय करोडको मेगा बजेटमा बनेको फिल्मले तेस्रो दिन १६ करोड १० लाख रुपैयाँ कलेक्सन गरेको बताइएको छ । 

यस अनुसार ३ हजार ७५० भन्दा बढी स्क्रिनमा रिलिज भएको फिल्मले पहिलो साता अर्थात् ३ दिनमै भारतबाट ३९.४० करोडको बक्स अफिस कलेक्सन गरेको छ भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । योसँगै 'वर्ल्ड वाइड' फिल्मले ६० करोडभन्दा बढी कमाएको छ ।