• २० असार २०८१, बिहिबार

खगेन्द्रको 'पानीफोटो' साउनमा

blog

काठमाडौं, जेठ २४ गते । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बन्ने फिल्म 'पानीफोटो'को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी भदौ १० मा प्रदर्शनमा आउन लागेको फिल्म सरेर १३ साउनका लागि तय गरिएको हो।

अभिनेता खगेन्द्रले आफू लिखित नाटक 'पानीफोटो'लाई फिल्मको स्वरुपमा ढालेका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । 

फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मालगायतको अभिनय छ ।

फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् भने निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्नुभएको हो । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्ममा पुष्पा सङ्गमको पाश्र्व सङ्गीत छ ।