• २१ असार २०८१, शुक्रबार

'द सिक्रेट्स अफ राधा'को प्रदर्शन मिति सार्वजनिक

blog

काठमाडौं, जेठ २४ गते । सृष्टि श्रेष्ठ अभिनित चलचित्र 'द सिक्रेट्स अफ राधा'को प्रदर्शन मिति पनि घोषणा गरिएको छ । चलचित्रले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ रिलिज मितिको रुपमा तय गरेको हो।

सुवर्ण थापा निर्देशित चलचित्रमा अभिनेत्री श्रेष्ठले एकल आमाको भूमिकामा अभिनय गर्नुभएको छ । 

फिल्ममा सौगातसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।