• २१ असार २०८१, शुक्रबार

असार ३१ म पुजा र आकाशको 'सम्झना बिर्सना'

blog

काठमाडौं, जेठ २४ गते । अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म 'सम्झना बिर्सना' को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि जेठ ६ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई अब ३१ असारको लागि प्रदर्शन घोषणा गरिएको हो । 

फिल्मलाई निमेष प्रधानले निर्देशन गर्नुभएको हो भने अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको सिनेमामा पूजा, आकाशका अलवा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।

निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्ममा संवाद लेखनमा अभिनेता राणा र शिव ढकालले खिच्नुभएको हो। 


यस्तै, राजन इशान र सुदर्शन तामाङको सङ्गीतसँगै कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको सिनेमाको क्रिएटिभ हेड स्वर्गीय विशारद बस्नेत हुन् ।