बागमती प्रदेशमा निर्वाचन गतिविधि तीव्र
आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी बागमती प्रदेशका विभिन्न जिल्लामा तीव्र बनाइएको छ । जिल्लास्थित निर्वाचन कार्यालयले निर्वाचन व्यवस्थापनको तयारीसँगै निर्वाचनमा उम्मेदवार बनेका र राजनीतिक दलहरूले आन्तरिक एवं बाह्य तयारीलाई तीव्र बनाएका हुन् । निर्वाचन कार्यालयले निर्वाचन सामग्री, निर्वाचन अधिकृतको कार्यालय कर्मचारी व्यवस्थापन र जिल्ला प्रशासन कार्यालयसहित सुरक्षाका निकायले सुरक्षा रणनीति र योजना बनाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिरहेका छन् ।
यातायातको नीतिगत सुधारमा उम्मेदवारको जोड
प्रतिनिधि सभामा यातायात व्यवसायीको प्रतिनिधित्व गर्ने भन्दै उम्मेदवार बनेका व्यवसायीले यातायात क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर प्रचारप्रसारमा जुटेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा विभिन्न पार्टीबाट प्रत्यक्षतर्फको उम्मेदवार भएका करिब आधा दर्जन व्यवसायीले सार्वजनिक यातायात क्षेत्रलाई विश्वसनीय, भरपर्दो र प्रविधियुक्त बनाउने प्रतिबद्धता गरेका छन् ।
रास्वपा दाङका अध्यक्षलाई आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्लाका सभापतिलाई स्पष्टीकरण सोधेको छ । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को झन्डा जलाउँदै सो पार्टीका अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गर्दै नाराबाजी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । सो सम्बन्धमा आयोगमा सूचना/उजुरी प्राप्त भएकोले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
नयाँ र पुराना होइन नवीनता खोजी
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न शनिबारदेखि १२ दिन बाँकी रहँदा राजनीतिक विमर्श दुई धारमा विभाजित भएको छ । राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक सञ्जालमा हुने निर्वाचनसम्बन्धी बहस सिद्धान्त, नीति र अबको संसद्ले गर्नुपर्ने कामका सन्दर्भमा भन्दा पनि ‘पुराना’ कि ‘नयाँ’ दल भन्दै सामाजिक ध्रुवीकरण सिर्जना गर्ने खतरा देखिएको हो ।
विकास लक्ष्य भेट्टाउने कार्ययोजना तय
राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) लाई प्रभावकारी बनाउन र लक्ष्य पूरा गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विशेष कार्ययोजना (एक्सन प्लान) पेस गरेको छ ।
रौतहट घटनाप्रति सुरक्षा समितिको चासो : आपसी सद्भाव कायम राख्न आह्वान
केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ।
गृहमन्त्रीद्वारा काठमाडौँ र मकवानपुरका मतदान स्थलको अनुगमन
गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ।
आचारसंहिता पालना गराउन निर्वाचन आयोग गम्भीर बनोस् : ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचन भाँड्न विभिन्न शक्तिबाट कसरत भइरहेको बताउनुभएको छ ।
निर्वाचन बिथोल्ने र चन्दा असुली गर्नेप्रति कडा हुन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशपछि लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिनुभएको छ।
सुधारिएको कांग्रेसले मात्रै देश बदल्छ : प्रवक्ता देवराज चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले मुलुकको भविष्य जोगाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । फागुन २१ को निर्वाचन ‘देश बचाउने वा सकाउने’ भन्ने बिचको जनमत सङ्ग्रह भएको उहाँले दाबी गर्नुभयो ।
आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार पनि प्रचारप्रसारमा व्यस्त छन् ।
गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखको बैठक : सुरक्षा रणनीतिबारे छलफल
मुलुकको समसामयिक विषय, समग्र शान्ति सुरक्षा र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रही गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
पाँचथरमा निर्वाचन सामग्रीको व्यवस्थापन: सेनाको सहयोगमा मतपत्र आइपुग्यो
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथर जिल्लामा मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरका अनुसार प्रत्यक्षतर्फ एक लाख ५४ हजार थान र समानुपातिकतर्फ एक लाख ६२ हजार थान मतपत्र आइपुगेको हो ।
रास्वपाले निर्वाचन बिथोल्न खोज्यो : एमाले
नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ ।
चुनावी मैदानमा सहकारी पीडितलाई न्याय दिने एजेन्डा
सहकारी पीडितलाई न्याय दिने मुख्य एजेन्डासहित फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी परेको छ ।
सल्यानमा नमूना मतदानमा १६.६७ प्रतिशत मत बदर
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा गरिएको नमूना मतदानमा १६.६७ प्रतिशत मत बदर भएको पाइएको छ।
बदर मत घटाउन मतदाता शिक्षा
रुकुमपश्चिमका गाउँ-गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।
रास्वपामा आन्तरिक लोकतन्त्र समाप्त भएको आरोप, पूर्व नेताद्वारा विवेकपूर्ण मतदानको अपिल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विचार गरेर मात्र मतदान गर्न आग्रह गर्नुभएको छ।
सल्यानमा नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास
सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले शनिबार नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ ।
धनकुटामा मतदान केन्द्र महिला कर्मचारीद्वारा सञ्चालन हुने
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटाको एक मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने भएको छ ।
विकास मेरो प्राथमिकताः डा. शाक्य
नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नम्बर–९ का उम्मेदवार डा. अजयक्रान्ति शाक्यले मतदाताहरूमा आफ्नो लागि ठुलो उत्साह र भरोसा पाएको बताउनुभएको छ । ‘काठमाडौं क्षेत्र नम्बर–९ का बुद्धिजीवी र आम नागरिकले एक जना प्राज्ञिक, विकासको स्पष्ट खाका बुझेको र कार्यन्वयन गर्न सक्ने विज्ञ व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाएको बताउनुभएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनु भएको छ ।
अध्यक्ष ओली दमकमा, निजी क्षेत्रसँग आज अन्तरसंवाद
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज दमकमा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने हुनेभएको छ । निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउँसो ३ बजे अन्तरक्रिया हुन लागेको उहाँको सचिवालयले जनाएको छ ।
सल्यानमा चुनावी तयारी तीव्र
। निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको तयारी गरिएको छ । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा आवश्यक मतपत्र तथा बन्दोबस्ती सामग्रीको तयारी तीव्र पारिएको छ ।