शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन ९ गते। मुलुकको समसामयिक विषय, समग्र शान्ति सुरक्षा र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रही गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीको उपस्थित हुनुहुन्छ।
बैठकमा विशेष गरी मधेश–तराईमा देखिएका जातीय, धार्मिक र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न अपनाउनुपर्ने आवश्यक रणनीति र सुरक्षा निकायबीचको समन्वयका विषयमा समेत बैठकमा समीक्षा गरिएको छ।
छलफलबाट प्राप्त निष्कर्षका आधारमा आगामी सुरक्षा योजनालाई थप सुदृढ बनाइने र आवश्यक निर्णय लिइने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।