पर्सामा एक सय ६७ मतदानस्थल कायम
जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा तोकिएको एक सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
कञ्चनपुरमा निर्वाचन प्रहरीमा मागभन्दा ७७३ बढी आवेदन
कञ्चनपुरमा निर्वाचन प्रहरी भर्ना छनौट कार्य सुरु भएको छ । सोमबार बिहानदेखि निर्वाचन प्रहरी भर्ना छनौट कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् ।
स्याङ्जाका ५६ मतदानस्थल 'अति संवेदनशील'
स्याङ्जाका ५६ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।
निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समितिलगायतका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
बाँकेमा निर्वाचन प्रहरीमा चार हजार ८२८ जनाको आवेदन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्ना अन्तर्गत चार हजार ८२८ जनाले आवेदन दिएका छन् ।
निर्वाचनलाई मितव्ययी बनाउनु पर्नेमा अर्थमन्त्रीको जोड
अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनु पर्नेमा जोड दिनु भएको छ ।
धनकुटामा निर्वाचन प्रहरीमा ११ सय २६ जनाको आवेदन
धनकुाटमा निर्वाचन प्रहरीका लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो ।
तनहुँका दुई निर्वाचन क्षेत्रमा नेकपाका उम्मेदवारको टुंगो
नेपाली कम्युनिष्ट पार्टीले तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीको निर्णयअनुसार तनहुँ क्षेत्र नम्बर १ बाट विद्यानाथ ढकाल र क्षेत्र नम्बर २ बाट युवा नेता सोमबहादुर थापा उम्मेदवार बन्नुभएको छ ।
तनहुँ–१ मा रास्वपाबाट डा. वाग्ले उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सर्लाही– ३ बाट नारायणकाजी श्रेष्ठ चुनाव लड्न
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको क्षेत्र नं. ३ बाट प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा स्याङ्जामा गुरुङ र थापा उम्मेदवार तय
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले स्याङ्जाका दुबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । स्याङ्जा क्षेत्र नं. १ मा मिन प्रसाद गुरुङ र क्षेत्र नं. २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको हो ।
आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो ।
पाल्पामा चुनावी चहलपहल
आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ ।
भूकम्पले चर्किएको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय
भूकम्पले चर्किएर बस्न नमिल्ने जाजरकोट अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कामकाज गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयस्थापना भएको छ ।
सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत सल्यानमा एक कार्यक्रमबिच कार्यालयको उद्घाटन गरिएको हो ।
निर्वाचन सामग्री आपूर्तिमा १३ संस्था सूचीकृत
निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ ।
विशेष महाधिवेशनलाई आयोगको वैधता,कांग्रेस सभापतिमा गगन थापा
निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता प्रदान
ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। ताप्लेजुङ जिल्ला अदालतसँगै रहनेगरी शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
निर्वाचन प्रहरीमा मागअनुसार आवेदन परेन
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि ताप्लेजुङमा मागभन्दा कम आवेदन (दरखास्त) परेको छ ।
तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन : आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् ।