दृष्टिविहीन शिक्षक आमरण अनसनमा
अठार महिनाअघि शिक्षा सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकाल्दा शोभा पौडेलका भूईमा खुट्टा थिएनन् । दृष्टिविहीन उहाँलाई जीवन धान्ने आधार पाएको आभास भएको थियो । तर अहिले उहाँलाई शिक्षकको त्यही जागिर निल्नु त ओकल्नु भएको छ ।
शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसदमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताउनुभएको छ ।
एक विद्यार्थीका लागि तीन शिक्षक
पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् ।
बजेट हुँदाहुँदै विद्यालयले शैक्षिक सामग्री गरेन खरिद
पर्वतको कुश्मा नगरपालिकामा रहेका केही विद्यालयले आइटी ल्याब र पुस्तकालय स्थापना गर्न भनी बजेट आउँदा समेत आवश्यक शैक्षिक सामग्री खरिद नगरेको पाएको छ ।
भुक्तानी नपाएपछि विद्यालयमा तालाबन्दी, पठनपाठन अवरुद्ध
रुकुमपश्चिमको एक सामुदायिक विद्यालयमा ताला लगाइएको छ । सानीभेरी गाउँपालिका–७ फुक्रुमा रहेको जनज्योति आधारभूत विद्यालय ताला लगाइएको हो ।
कमारा मुक्त गर्ने चन्द्र होइन देव
कमारा प्रथा उन्मूलन कसले गरे ? भन्ने जिज्ञासामा प्रायः सबैको उत्तर हुन्छ– तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणा । तर यो इतिहास गलत लेखिएको छ । कमारा प्रथाको उन्मूलनको थालनी चन्द्रशमशेर नभई तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नै गर्नुभएको थियो । उहाँले दासदासीको बेचबिखनमा मनपरी रोक्न मूल्य तोकिदिनुभएको थियो । पछि उहाँले मुलुकी ऐनमार्फत यो प्रथाको उन्मूलनको प्रयास गरे पनि खासै सफल हुन सकेन । उहाँपछिका प्रधानमन्त्री रणोद्दीप र वीरशमशेरको ध्यान यसतर्फ जान सकेन तर जम्माजम्मी ११४ दिन श्री ३ महाराजको पदवी गुथ्न पाएका देवशमशेरले यसलाई निरन्तरता दिनुभयो ।
जनता माविमा प्राविधिक विषयको अध्यापन हुने
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ तुनधुरास्थित जनता माध्यमिक विद्यालयमा भवन निर्माणसम्बन्धी प्राविधिक विषयको पढाइ हुनेभएको छ ।
नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभएको छ ।
मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्नुभएको छ ।