प्रधानाध्यापक नियुक्ति नगर्न अदालतको आदेश
कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक नियुक्ति गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत जुम्ला इजलासले आदेश गरेको छ । गाउँपालिकाले परीक्षा लिएर विद्यालयका प्र अ नियुक्ति गरेको विषयमा घुसपैठ भएको भन्दै शिक्षकहरूले उच्च अदालत जुम्लामा रिट दर्ता गरेपछि अदालतले अन्तरिम आदेश दिँदै निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
विद्यार्थीद्वारा गुरु अभिनन्दित
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नंं ९ आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पुरुषोत्तमप्रसाद ढुङ्गानालाई अभिनन्दन गरिएको छ ।
कोशी प्रदेशमा पहिलो पटक एआई तालिम सुरु
कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा-२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो ।
शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला
समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ ।
शिक्षकको दरबन्दी मिलान
धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन कार्य सकेर शिक्षक दरबन्दी मिलान भइरहेको जनाएको छ । गत साउनदेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरेको हो । विद्यार्थी सङ्ख्या न्यून रहेका १४ वटा विद्यालयमा तह र कक्षा समायोजन गरी यही मङ्सिरमा दरबन्दी समायोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीका अनुसार १४ वटा विद्यालयको तह र कक्षा समायोजन एवं ७५ जना शिक्षकको दरबन्दी मिलान गरिएको छ ।
त्रिविको दीक्षान्त समारोहमा कर्मचारी सङ्घ सहभागी नहुने
त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ केन्द्रीय समितिले विगतमा भएका सम्झौता कार्यान्वयन नभए दीक्षान्त समारोहमा सहभागी नहुने जनाएको छ । त्रिवि कर्मचारी सङ्घले मंसिर १८ गते पदाधिकारी समक्ष त्रिविमा कार्यरत प्राविधिक, नर्सिङ्ग तथा प्रशासनिक कर्मचारीको पेशागत हक हितको पक्षमा ज्ञापनपत्र पेश गरेको थियो ।
शिक्षामा आधुनिकीकरण आवश्यक छ : पूर्व शिक्षा मन्त्री जोशी
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीले शिक्षामा आधुनिकीकरणसहित आमूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ।
त्रिविमा शीतकालीन कक्षा सञ्चालन
त्रिभुवन विश्वविद्यालयले शीतकालीन कक्षा सञ्चालन गरेको छ । त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन (चाइनिज एकेडेमी अफ साइन्सेस–त्रिभुवन विश्वविद्यालय) र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा शीतकालीन कक्षा सञ्चालन २०२३ आरम्भ गरेको हो
समायोजन भएका विद्यालयका ७५ जना शिक्षकको दरबन्दी मिलान
धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजनको कामपछि शिक्षक दरबन्दी मिलानको काम पनि सम्पन्न भएको छ ।