• ११ मंसिर २०८१, मङ्गलबार

आन्दोलनरत शिक्षकलाई वार्ताका लागि आह्वान

blog

काठमाडौँ, असोज २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबार अपराह्न ३ बजे वार्तामा सहभागी हुन अनुरोध गरेको छ। विद्यालय शिक्षासम्बन्धी विधेयक सार्वजनिक भएपछि महासङ्घले त्यसप्रति आपत्ति जनाउँदै असोज ३ गतेबाट देशभरिका विद्यालयमा पठनपाठन ठप्प पारी राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ।

मन्त्रालयले विज्ञप्तिमार्फत महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल गरी पेस गरिएका सुझावलाई यथाशक्य समावेश गरिएको उल्लेख गरेको छ। 

मन्त्रालयले महासङ्घले घोषणा गरेको आन्दोलनलाई स्थगन गर्न पनि अनुरोध गरेको छ। उसले देशभरिबाट दुई लाख शिक्षक राजधानीमा उतारेर आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ।