• ११ मंसिर २०८१, मङ्गलबार

शिक्षा मन्त्रीलाई राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको ध्यानाकर्षण

blog

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाइँदै ।

गोरखापत्र समाचादाता 

काठमाडौं, भदौ ४ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी संगठनहले प्रस्तावित शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । सोमबार शिक्षा मन्त्री राईलाई भेटेर तीन चार बुँदे ज्ञापनपत्र बुझाएका हुन् । 

जसमा राष्ट्रिय परीक्षा बोर्डको पूर्ण स्वायत्तता, बोर्डमा कार्यरत कर्मचारीहरूले खाइपाइ आएको सेवा सुविधामा प्रतिकुल नहुने गरी ऐनमा समेटिनु पर्ने माग राखिएको छ ।

यस्तै कर्मचारी व्यवस्थामा बोर्डमा कार्यरत स्थायी कर्मचारीहरूको वृत्ति विकास नियमित गर्नुका साथै अस्थायी प्रकृतिका सम्पूर्ण कर्मचारीहरूलाई स्थायित्वको लागि एक पटक आन्तरिक प्रतियोगितामा सहभागी गराउने गरी ऐनमा व्यवस्था गर्नुपर्ने माग छ ।

ऐनको मस्यौदामाथि छलफल गर्दा राष्ट्रिय परीक्षा बोर्डलाई अनिवार्य उपस्थित गराउन भन्दै ध्यानाकर्षण गराएको छ । यसमा चार कर्मचारी सङ्गठनका प्रतिनिधिले एकमुस्ट ध्यानाकर्षण गराएका हुन् ।