उपकुलपतिमा सोह्र जना प्रतिस्पर्धी
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा आवेदन दिएकामध्ये अन्तर्वार्ताका लागि १६ जना छनोट भएका छन् । उपकुलपति छनोटका लागि मन्त्रालयले गठन गरेको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदकमध्ये १६ जनाको सूची तयार गरेको हो । अन्तर्वार्ताका लागि शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया र विनोद पराजुली छनोट हुनुभएको छ । त्यसै गरी देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, राजकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल अन्तर्वार्ताका लागि छनोट हुनुभएको छ ।
ग्रीन हाइड्रोजनको प्रयोगबाट बिजुली निकाल्ने अध्ययनका लागि सम्झौता
नेपालमा पहिलो पटक बिजुलीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा अध्ययन, अनुसन्धान गर्नका लागि प्राज्ञिक निकाय र निजी क्षेत्रबिच सम्झौता भएको छ।
नेपालगन्जका विद्यालयहरूको शुल्क निर्धारण
नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका विद्यालयहरूको वर्गीकरण गर्दै शुल्क समेत निर्धारण गरेको छ ।
सरकारी लगानी बढ्दै, किशोरीहरू समस्या झेल्दै
कालीकोटको शुभकालिका गाउँपालिका–६ मा रहेको चन्द्रसूर्य माध्यमिक विद्यालयमा अध्ययनरत यामुना आचार्यको महिनावारी समयमा कहिलेकाहीँ पेट दुख्छ ।
अफ्रिकी किशोरी भन्छन्-नेपाली भाषा र संस्कृति लैजान्छौँ
चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगा बाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उहाँले नेपालबारे ‘गुगल सर्च’ गर्नुभयो । उहाँको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो ।
भर्ना अभियान प्रभावकारी बनाउन पहल
शैक्षिक सत्र २०८१ को भर्ना अभियान चलिरहेको छ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसहित भर्ना अभियान सञ्चालन भइरहेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने
सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने चौथो दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
निकुञ्ज क्षेत्रबाट विद्यालय जाने बाटो : जोखिममा विद्यार्थी
पछिल्लो समय वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन्।
सामुदायिक विद्यालयमा सहयोग शुल्क उठाउन बन्द
झापाको दमक नगरपालिकाले आधारभूत तह अर्थात् कक्षा ५ सम्म सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनैपनि शीर्षकमा विद्यालयलाई रकम बुझाउनु नपर्ने भएको छ ।