सामुदायिक विद्यालयको नतिजा कमजोर
प्युठानका सामुदायिक विद्यालयको शैक्षिक स्थिति कमजोर देखिएको छ । कक्षा ८ को हालै प्रकाशित परीक्षाको नतिजाले जिल्लाका धेरै जसो विद्यालयको अवस्था नाजुक देखाएको हो । परीक्षामा सहभागी भएका सामुदायिक र निजी १३८ विद्यालयका पाँच हजार ३७३ जना विद्यार्थीमध्ये जम्मा एक हजार ७५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्रायः अङ्ग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थी अनुत्तीर्ण भएका हुन् । प्राप्त नतिजाको विवरण अनुसार विद्यार्थीको सिकाइ उपलब्धि ३३ प्रतिशत पनि नाघेको छैन ।
प्रवासमा नेपाल पढाउने टेक्सास पाठशाला
अमेरिकाको टेक्सास स्टेटमा नेपाली समाज टेक्सासले ग्लोबल नेपाली भाषा पाठशाला सञ्चालन गरेर प्रवासमा रहेका नेपाली युवालाई नेपाली भाषा संस्कृतिको ज्ञान प्रदान गरी नेपाल फर्काउने अभियान सञ्चालन गरेको छ ।
कान्छी शिक्षिकाहरू भन्नुहुन्छ –विदेश होइन स्वदेशमै मेहनत गर्नुपर्छ
सुष्मिता रानाभाट र अञ्जना भण्डारीले तनहुँको कान्छी स्थायी शिक्षक भनेर अहिले सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा कमाइरहनु भएको छ ।
त्रिविको रजिस्ट्रारमा प्रा.डा. रिजाल र रेक्टरमा प्रा.डा. केसी नियुक्त
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त हुनुभएको छ ।
वर्षान्त २०८० : विद्यालय शिक्षा विधेयकले तताएको वर्ष
संसदीय इतिहासमै सम्भवतः सबैभन्दा बढी संशोधन परेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ले यो वर्ष संसद्बाहिर पनि निकै चर्चा पायो । विधेयक संसदीय समितिमा छलफलमै रहेकाले यसको चर्चा र चासो नयाँ वर्षमा पनि कायमै रहने देखिएको छ ।
नक्कली प्रमाणपत्र पेश गर्ने सहयोगीविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै पर्सास्थित धोबिनी गाउँपालिकाअन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
परीक्षामा उत्कृष्ट अनाथ विमल कामी
बाजुराको बुढीगङ्गा नगरपालिका –२ स्थित वसन्त प्राविका छात्र विमल कामी नगरकै पहिलो भएका छन् । शैक्षिक सत्र २०८० सालको कक्षा ५ को बुढीगङ्गा नगरपालिकाकाले गत चैतमा लिएको नगर स्तरीय परीक्षामा कामीले सबै भन्दा बढी अङ्क ल्याएर नगरकै पहिलो भएका हुन् ।
विद्यालयनजिक पाठ्यपुस्तक
यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदै छ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ । जिल्लाका स्थानीय बिक्रेताकहाँ पुगेको पुस्तक केही दिनमै विद्यालयमा पुग्ने छ । विद्यालय पुगेपछि विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने छन् । वैशाख १ देखि शैक्षिक सत्र सुरु भए पनि नियमित पढाइ भने वैशाख दोस्रो साताबाट मात्रै सुरु हुने छ । पाठ्यपुस्तक भने ७७ वटै जिल्लामा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ ।