विद्यालयमा एक जना हेल्थ एम्बेस्डरको व्यवस्था गर्नुपर्ने
विद्यालयमा एक जना हेल्थ एम्बेस्डर (विद्यार्थी स्वास्थ्यदूत)को व्यवस्था गर्नुपर्ने भएको छ । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका २०८१ ले नियमित पठन पाठनमा असर नपर्ने गरी कक्षा ७ र ८ मा अध्ययनरत एक जना छात्र र एक जना छात्रा सम्बन्धित विद्यालयको हेल्थ एम्बेस्डर तोक्नु पर्ने व्यवस्था गरेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिक बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार दिउँसो हुँदै छ । दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी, आधाभन्दा बढीमा दयनीय अवस्था
मुलुकभर सञ्चालनमा रहेका आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको छ ।
विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक भएको बताउनुभएको छ ।
शिक्षा र स्वास्थ्यबिचको तादात्म्यले समृद्ध समाज निर्माण : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबिचको तादात्म्यले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताउनुभएको छ ।
एसइई परीक्षा चैत ७ देखि सुरु (तालिकासहित)
२०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार गोरखापत्र दैनिकमा तालिका सार्वजनिक गरेको छ ।
कुम्हरौडामा बालबालिकालाई निःशुल्क ट्युसन
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–७, कुम्हरौडामा मोबाइलको लत कम गर्न र शिक्षाप्रतिको आकर्षण बढाउन बालबालिकालाई निःशुल्क ट्युसन दिन सुरु गरिएको छ ।
रोङमा अभिभावक शिक्षा ‘डिजिटल’ माध्यमबाट
इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप(डिजिटल) प्रणाली सुरु गरिएको छ।
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
विद्यालयमा चलचित्र साक्षरता कार्यशाला
बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र ती विद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभूत ज्ञान र सीप सिकाउन थालेको छ।
नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैनः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नयाँ पुस्तालाई थप निराश बनाउन नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्त्वपूर्णः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कोटेश्वर क्याम्पस प्रमुखमा पोखरेल
कोटेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्रकाश पोखरेल नियुक्त हुनु भएको छ । क्याम्पस व्यवस्थापन समितिको हालै बसेको बैठकले पोखरेललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
चिसो बढेपछि कोहलपुरका विद्यालय चार दिन बन्द
शीतलहर र चिसो अत्यधिक बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
सशस्त्र प्रहरीले सीमावासीसँग सम्बन्ध विस्तार गर्न सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको दुर्गम र कम विकसित क्षेत्र मानिने नरैनापुरको नाकामा रहेका विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
मानेभञ्ज्याङमा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गामा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको लगानीमा क्याम्पस स्थापना गर्न लागिएको हो । जिल्लामा स्थानिय तहले प्रत्येक्ष सञ्चालन गरेको यो पहिलो सामुदायिक क्याम्पस हुनेछ ।
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।
छात्रवृत्तिसहित नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान
देशको विभिन्न भूभागहरुमा चिकित्सक अध्ययनको लागि छात्रवृत्तिमा नाम निकाल्न सफल महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका विद्यार्थी तथा अभिभावकहरुलाई पालिकाले सम्मानसहित पुरस्कृत गरेको छ ।
गाउँको विद्यालय : जहाँ सहरका विद्यार्थी पढ्छन्
बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् ।
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ ।
कानुन परिवर्तन गरेर त्रिभुवन विश्वविद्यालय सुधार गर्नुपर्छ : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानुनी व्यवस्था परिवर्तन गरेरै भए पनि त्रिभुवन विश्वविद्यालयको सुधार गर्ने बताउनुभएको छ ।
विद्यार्थीको मूल्याङ्कन अब घरायसी कामबाट
विद्यालय तहका विद्यार्थीको मूल्याङ्कन घरायसी कामबाट गर्न पाठ्यक्रम विकास केन्द्रले सैद्धान्तिक सहमति पाएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको
चौध लाख योग्यमध्ये बाइस हजारको मात्रै आवेदन
कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो ।