• ५ माघ २०८१, शनिबार

आरुघाट गाउँपालिकाद्वारा निःशुल्क लोकसेवाको तयारी कक्ष

blog

गोरखाको आरुघाट गाउँपालिका

गुणबहादुर रोका
सुलीकोट, माघ ५ गते ।
गोरखाको आरुघाट गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगले अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले पालिकाभित्र योग्यता पुगेका युवायुवतीलाई लोकसेवा आयोगमा प्रवेश गराउन सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क लोकसेवाको अनलाइन तथा भौतिक तयारी कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र स्थायी रुपमा बसोवास गरिरहेका तथा योग्यता पुगेका इच्छुक युवा युवतीलाई यही माघ १५ गतेभित्र पालिकाको कार्यालयमा पुगेर वा पालिकाको इमेल ठेगानामा आवेदन दिन सक्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कार्यक्रम बनाएर लोकसेवा आयोगको अनलाइन कक्षा सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको प्रमुख प्रशासककीय अधिकृत श्रेष्ठको भनाइ छ । लोकसेवा आयोगमा तयारी कक्षामा सहभागी हुन कम्तीमा एसएलसी वा एसइई उत्तीर्ण गरेको हुनुपर्ने छ भने पुरुषको हकमा ३५ वर्ष र महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेकाले लोकसेवाको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।

यसैगरी, महिला, दलित आदिवासी जनजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्ग भएका व्यक्ति, लौङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, आर्थिक रुपले विपन्न खसआर्य, शहीद बेपत्ता र द्वन्द्व पीडितले लोकसेवाको परीक्षामा दरखास्त फाराम भरी परीक्षाको तयारीमा रहेका व्यक्तिहरुलाई तयारी कक्षामा विशेष प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।