अलैँची मनको लाख
पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ । अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
लाल आयोगको प्रतिवेदन : काटिएका उद्योगको बिजुली जोडिने
लाल आयोगको प्रतिवेदन : काटिएका उद्योगको बिजुली जोडिने
६४ सौर्य ऊर्जा परियोजना छनोट
ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ ।
नेप्से परिसूचक उकालो लाग्दा ११ अर्ब ३१ करोडको कारोबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार सात सय ६० दशमलव २१ मा पुगेको छ ।
सुनको मूल्य तोलामा एक हजारले घट्यो
स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रका लागि सुखद भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
पर्यटक आकर्षित गर्ने योजना
लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मानवनिर्मित गैँडहवा तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रम अन्तर्गत योजना अघि बढाएको छ ।
एक घार मौरीले ल्यायो परिवर्तन
जीवन निर्वाहका लागि हामी भौँतारिँदै हिँड्छौँ । आफ्नै वरिपरिका अवसर देख्न र चिन्न नसकेर दुःख पाइरहेका पनि हुन सक्छौँ । परिश्रमीले आफ्नै वरिपरि अवसर देख्छन् ।
तिलिचोको आधार शिविरमा राष्ट्रिय ग्रिडको बिजुली
मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।
चिनी उद्योगका समस्या समाधान गर्न कार्यदल प्रस्ताव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दीर्घकालीन रूपमा समाधान गर्न कार्यदल बनाउने प्रस्ताव गर्नुभएको छ ।
कञ्चनजङ्घामा बढे पर्यटक
ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ ।
चौध हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न जिल्लामा धान खरिद प्रक्रिया अगाडि बढाएको छ ।
युरोप रोजगारीको मागपत्र विभागबाटै प्रमाणीकरण गर्ने तयारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप रोजगारीको मागपत्र प्रमाणीकरण वैदेशिक रोजगार विभागबाट गराउन सकिने गरी तयारी थालेको छ ।
म्यागङमा सुन्तला टिप्न सुरु
सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् ।
नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब १० अर्बको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब १० अर्ब बराबरको कारोबार भएको छ।
कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकलाई स्याउ
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको प्रवेशस्थल फले र घुन्सामा फलेको स्याउ पर्यटकलाई चखाउन थालिएको छ।
व्यावसायिक फूल खेतीमा आकर्षण
सिराहा, लहान–१८ का रमानन्द महतो फूल खेती गरेर राम्रो कमाइ गर्ने सुरमा हुनुहुन्छ । छ वर्षअघिदेखि नै फूल खेतीतर्फ रुचि राख्ने रमानन्द अहिले व्यावसायिक खेती गर्न लागिपर्नु भएको छ ।
तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले आफ्नो सात किलोमिटर लामो सुरुङमा दोस्रो पटक पानी पठाएर परीक्षण गर्न थालेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ ।
सहुलियत पसलको कारोबार बढ्यो
चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यस वर्ष बढेको छ ।
एउटै गाउँबाट बिक्यो छ करोडको अकबरे
रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका हुन् ।
सातै प्रदेशमा आधुनिक गोदामघर
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सातै प्रदेशमा आधुनिक गोदामघर निर्माण गर्ने भएको छ ।
अलैँचीको मूल्य एक लाखनजिक
कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपियाँनजिक पुगेको छ ।