विगतको भन्दा ९.४२ प्रतिशत कम खर्च
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ७४.५८ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा ९.४२ प्रतिशत कम खर्च हो । लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कुल ८३ प्रतिशत बजेट खर्च गर्न सफल भएको थियो ।
रोपाइँका लागि नआउने भयो मल
नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ ।
सहभागीलाई १.५ प्रतिशत प्रतिफल
नागरिक लगानी कोषले सञ्चालन गरेका विभिन्न कार्यक्रमका सहभागीहरूलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरेको छ । आगामी साउन १ देखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई वार्षिक आठ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने कोषले जनाएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ ।
डेरी सञ्चालनपछि किसानलाई राहत
सिराहाको दक्षिण–पूर्वी भेग भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका–१ मा बालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापना भएपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् । उत्तरतर्फ १२ किलोमिटरमा लहान र दक्षिणमा पाँच किलोमिटरमा भारतीय बजार लौकाहामा गएर दूध बिक्री गर्दै आएका यहाँका किसानलाई यो डेरीले सहज बनाएको छ । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैँसीपालनतर्फ किसान आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो ।
अझै पुगेन लक्षित वर्गमा
योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन ।२०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नुको प्रमुुख उद्देश्य श्रम ऐनमा नसमेटिएका अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई आबद्ध गराउने हो तर औपचारिक क्षेत्रबाट सुरु गरियो । औपचारिक क्षेत्रमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाउने ठूलो समस्या रहेकाले त्यसलाई चिर्न र कार्यक्रम घोषणालाई सहज बनाउन सुरु औपचारिक क्षेत्रबाट गरिएको थियो ।
तीस अर्बले बढ्यो विदेशी विनिमय सञ्चिति
एक महिनामा विदेशी विनिमय सञ्चिति ३० अर्ब रुपियाँले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा विदेशी विनिमय सञ्चितिमा सुधार देखिएकोे हो ।
थपिए आठवटा क्यासिनो
चालू आर्थिक वर्षमा थप आठवटा क्यासिनो सञ्चालनमा आएका छन् । पर्यटन विभागका अनुसार आव २०७८/७९ को हालसम्म दुईवटा ठूला र छवटा साना (मिनी) क्यासिनो थपिएका हुन् । झापाको धुलाबारीमा सञ्चालनमा आए
कर्णालीको बजेट प्रदेश सभाबाट पारित
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट (विनियोजन विधेयक) प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।
फलेवास नगरपालिकाको बजेट पारित
दलहरुबीच सहमती जुट्न नसक्दा रोकिएको फलेवास नगरपालिकाको नगर सभा आईतबार राती मात्रै सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट नीति तथा कार्यक्रम पारित गरेको छ ।
इन्डक्सन वितरण रोकियो
काठमाडौँ उपत्यकामा बसोबास गर्ने दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क रूपमा उपलब्ध गराउने भनिएको इन्डक्सन चुलो वितरण कार्यक्रम रोकिएको छ । यस्तो चुलोको आपूर्तिकर्ताले उपलब्ध गराएको चुलोको गुणस्तर मापदण्ड नमिलेको पाइएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वितरण प्रक्रिया रोकेको हो ।
भारतद्वारा गहुँको पिठोजन्य वस्तु निर्यातमा कडाइ
भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको दुई महिनापछि गहुँका उत्पादन आँटा, मैदा र सुजीको निर्यातमा पनि कडाइ गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डाइरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले बुधबार सूचना प्रकाशित गर्दै पिठो, मैदा र सुजीको निर्यातमा कडाइ गरेको हो ।
जहाज थप्ने तयारीमा नेपाल एयरलाइन्स
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडान प्रभावकारी बनाउन पाँचवटा नयाँ जहाज किन्ने तयारी गरेको छ । चीनसँग खरिद गरेका छवटा जहाज ग्राउन्डेड भएको दुई वर्षपछि निगमले यस्तो योजना बनाएको हो ।
भान्सा चलाउनै कठिन
“आम्दानी बढेको छैन, महँगी भने दिनदिनै बढेको बढ्यै छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो,” यो भनाइ कालीमाटी तरकारी बजारमा भेटिनुभएका विकास अधिकारीको हो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टर्दैन, तेल, नुन, मसलाको खर्च छुट्टै छ । दैनिक पाँच सय रुपियाँ कमाउनेले एक छाकको तरकारीका लागि एक सय रुपियाँ कसरी खर्च गर्न सक्छ ?” उहाँले प्रश्न गर्नुभयो । उहाँ कलङ्कीको एक डिपार्टमेन्ट स्टोरमा सुरक्षा गार्डका रूपमा कार्यरत हुनुहुन्छ । मासिक १५ हजार रुपियाँको तलबले चार जनाको परिवारलाई दाल र भात मात्रै खान पनि गाह्रो छ ।
जनसङ्ख्या व्यवस्थापन अवसर
विश्वको जनसङ्ख्या सात अर्ब पुगेको ११ वर्षपछि सन् २०२२ को अन्त्यतिर विश्वको जनसङ्ख्या आठ अर्ब पुग्दैछ । विश्व जनसङ्ख्या कोषले यस वर्षको नारा “आठ अर्बको संसार ः सबैका लागि लचिलो भविष्यतर्फ–अवसरहरूको सदुपयोग गर्दै र सबैका लागि अधिकार र विकल्पहरू सुनिश्चित गर्दै” तय गरेको छ ।
मुलुकको अर्थतन्त्रको माग अनुसार मौद्रित नीति आउँछ : गभर्नर अधिकारी
काठमाडौं, असार २६ गते। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रको माग र समय अनुसार मौद्रिक नीति आउने दाबी गर्नुभएको छ। आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्नुहुँदै गभर्नर अधिकारीले त्यस्तो बताउनुभएको हो। उहाँले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्नेगरी नीति आउने बताउनुभयो। गभर्नर अधिकारले गभर्नर वा निजी क्षेत्रको माग भन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभयो। उहाँले अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने अवस्था रहेको भन्दै अर्थतन्त्र अस्थिर भए समस्या आउने भएकाले अर्थतन्त्रलाई सुधार गर्नेगरी मौद्रिक नीति आउने स्पष्ट पार्नुभयो। गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति ल्याउने विषयमा राष्ट्र बैंकको टिमले सूक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको बताउनुभयो। उहाँले निजी क्षेत्रले व्यवसाय सहज हुनेगरी नीतिको अपेक्षा गर्नु राष्ट्र बैंकले स्वभाविक रुपमा लिएको बताउनुभयो। उहाँले भन्नुभयो,‘‘अहिलेको अर्थतन्त्रको अवस्था सुहाउने मौद्रिक नीति ल्याउँदा हामी सबैले केही सहनुपर्ने हुनसक्छ। एउटा रेगुलेटर भएको हिसाबले सहनुपर्ने हुनसक्छ। बैंकका ग्राहक निजी क्षेत्रले सहनुपर्ने हुनसक्छ।’’ गभर्नर अधिकारीले अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्य अनुसार राजश्व संकलन नहुने, व्यवसायी मार्कामा पर्ने संकेत गर्नुभयो। उहाँले महासंघले दिएका सुझावलाई मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता जनाउनु भयो।‘‘समय र अर्थतन्त्रको माग के हो ? त्यो अनुसारको पोलिसी आउने हो। गभर्नर महाप्रसाद अधिकारलाई के लाग्छ दिमागमा त्यो पोलिसी आउने होइन। निजी क्षेत्रले के माग गर्नुहुन्छ त्यो आउने होइन। पोलिसीमा राष्ट्र बैंक स्पष्ट छ। हाम्रो टेक्नीकल टिमले काम गरिरहेको छ’’, गभरर्नर अधिकारीले भन्नुभयो, ‘‘अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति लिएर आउँछौं। त्यो ल्याउँदा कुनैपनि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने हुन्छ। त्यो कसरी सम्बोधन गर्ने छलफल भइरहेको छ। हामी एक खालको चुनौतीपूर्ण अवस्थामा छौं। समस्या समाधानको लागि सरकार, राष्ट्र र निजी क्षेत्रबाट भइरहेका छन्। निजी क्षेत्रले सरकारले आफ्नो अनकुलको नीति ल्याइदिए हुन्थ्यो भन्नु स्वाभाविक हो।’’गभर्नर अधिकारीले अर्थतन्त्रमा स्थयित्व हुनुपर्ने उल्लेख गर्दै स्थयित्व कायम गरेर सबै क्षेत्रलाई समेट्ने मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाउनु भयो।
उदयपुरमा २७ प्रतिशत रोपाइँ
यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ ।
सात लाख करदाता थपिए
एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् । मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् ।
सरकारी जग्गा लिजमा दिने व्यवस्था
कृषि तथा अन्य प्रयोजनका लागि व्यक्ति तथा संस्थालाई जग्गा लिजमा दिने व्यवस्था सुरु भएको छ । सरकारले ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने नीति २०७९’ जारी गर्दै सो व्यवस्था गरेको हो । सो नीतिअनुसार कम्तीमा पाँच वर्ष र बढीमा ४० वर्षका लागि जग्गा लिजमा लिनदिन सकिनेछ । नीतिअनुसार सरकारी जग्गा लिजमा लिन जग्गाको लिज रकम सम्बन्धमा तोकिएको रकमका नघट्ने गरी विभिन्न व्यक्ति, निकाय वा संस्थाबीच प्रतिस्पर्धा गराई बढी रकम तिर्न कबुल गर्ने व्यक्ति वा संस्थालाई जग्गा लिजमा उपलब्ध गराउनेछ ।
खर्च धान्न दैनिक पाँच उडान आवश्यक
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरेको डेढ महिना बितिसक्दा एउटा मात्र विमान कम्पनीले मात्र उडान सञ्चालन गरिरहेको छ । हाल जजिरा एयरलाइन्सले सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्दै आएको छ । सोही कम्पनीले दैनिक रूपमा उडान सञ्चालन गर्नका लागि सबै प्रक्रिया पूरा गरेको छ भने ग्राउन्ड चार्ज निःशुल्क गर्न माग गरेको छ । जजिराबाहेक अन्य कुनै पनि कम्पनीले व्यावसायिक उडान सुरु गरेका छैनन् ।
रासायनिक मलको विकल्पमा ढैँचा
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका किसान रामपुकार यादवले ढैँचा मलको प्रयोग गरेर धान रोपाइँ सुरु गर्नुभएको छ । उहाँले विगत तीन वर्षदेखि ढैँचाको बिरुवा उमारेर मलका रूपमा प्रयोग गरी धान, गहुँलगायत अन्नबाली उत्पादन गर्दै आउनुभएको छ । किसान रामपुकारले रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताउनुभयो । उहाँले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण पोषण पूर्ति गर्ने भएकाले आफूले यो मलको प्रयोग गर्दै आएको जानकारी दिनुभयो ।
चालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड
सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ ।
साढे १६ क्वीन्टल अवैध लसुन बरामद
जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको लु २ ख २३५१ नम्बर बसबाट सो लसुन बरामद गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो तेलको मूल्य
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ । प्रशोधित तेलको मूल्य पनि घटेको छ । पेट्रोलमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ भने डिजेलमा १५ डलरले घटेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो तर तत्कालको अवस्थाले नेपालमा प्रभाव पार्छ पर्दैन यसै भन्न नसकिने उहाँको भनाइ छ ।