बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै
बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैङ्कले मस्यौदा तयार गरेको छ । राष्ट्र बैङ्कले ‘बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१’ तयार गरी कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको छ । विनियमावलीको मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले कार्यान्वयनमा ल्याउनु अगाडि सरोकारवालासँग आवश्यक राय सुझाव मागेको छ ।
नेपाली उत्पादन, उपभोग कार्यक्रम कार्यान्वयनको चरणमा
सरकारले घोषणा गरेको प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको छ । प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ हालै मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनको प्रक्रियामा गएको हो । स्वदेशी उत्पादनको उत्पादन र उपभोग अभिवृद्धि गर्ने र निर्यात बढाउने उद्देश्यसहित आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सो कार्यक्रम घोषणा गरिएको थियो ।
कालीमाटीमा ठाउँ नपाएको किसानको गुनासो
नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो तरकारी उत्पादक किसान सङ्घ नेपालले गरेको छ । किसानले दुःख कष्ट गरेर तरकारी उत्पादन गरेका हुन्छन् तर आफ्नै बजारमा ठाउँ नपाएको सङ्घले पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको छ । सङ्घका अध्यक्ष माया केसीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गुनासो गर्दै नेपाली किसानले उत्पादन गरेको तरकारी कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रवेश नपाएको दाबी गर्नुभयो । भारतको तरकारीले बजार ओगटेको छ भने नेपाली किसानको तरकारी सडकमा फ्यालिएको उहाँले बताउनुभयो ।
असी देशका आरोही हिमालमा
नेपालका ३० वटा हिमाल आरोहणका लागि जारी सिजनमा ९११ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ८० देशका नागरिक छन् । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस याममा हुने हिमाल आरोहणका लागि गत चैत १४ गतेदखि अनुमति दिन सुरु गरेयता ९११ ले अनुमति लिएका हुन् । उहाँले भन्नुभयो, “अहिले विभिन्न हिमालमा जारी आरोहणका लागि अनुमति दिने क्रम करिब–करिब सकिएको छ । मे २९ तारिखसम्म सगरमाथाको अन्तिम आरोहण हुने मिति नजिकिएसँगै अब अनुमतिको प्रक्रियामा आउने आरोही घटेका छन् ।”
कामपाका सहकारीमा सूचना अधिकारी
काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरूले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् ।
टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण
गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।
ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन
सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।
हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
‘निजी क्षेत्रको मनोबल बढ्ने गरी बजेट आउनुपर्छ’
सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८१–८२ को बजेट संसदमा प्रस्तुत गर्ने तयारी थालेको छ ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, कर्जा प्रवाह बढाउने नीति अवलम्बन
सुस्ताइरहेको अर्थतन्त्र र बैङ्कमा बढ्दो तरलतालाई मध्यनजर गर्दै कर्जा प्रवाह बढाउने नीति अवलम्बन गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आएको छ । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थामा तरलता पर्याप्त रहे पनि कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता आएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा बढ्दो क्रममा रहेको तरलतालाई उपयोग गर्ने रणनीति लिएको छ ।
दस महिनामा एकचालिस अर्ब विदेशी लगानी प्रतिबद्धता
मुलुकमा १० महिनाको अवधिमा ४१ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ३०४ सय परियोजनामार्फत ४१ अर्ब ३८ करोड ५२ लाख २६ हजार रुपियाँ प्रतिबद्धता आएको हो । वैशाख महिनामा मात्र २१ वटा परियोजनामार्फत दुई अर्ब १५ करोड ८५ लाख रुपियाँ प्रतिबद्धता आएको छ । १० महिनामा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १४४, सेवा क्षेत्रका १०३, उत्पादनमूलक परियाजना ३४, सूचना तथा प्रविधि क्षेत्रमा नौ, कृषिजन्य सात, खानिजजन्य एक गरी परियोजना दर्ता भएका छन् । १० महिनामा सबैभन्दा धेरै साना उद्योग २९०, मझौला उद्योग १३ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।
कोरियाबाट फर्केका महिलाका लागि पुनः एकीकरण तथा अभिमुखीकरण
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गएर फर्किएका महिला श्रमिकलाई पुनः एकीकरण प्रणाली सुदृढीकरणका लागि दोस्रो चरणको अभिमुखीकरण तालिम सम्पन्न भएको छ । कोरिया इन्टरनेसनल कर्पोरेसन एजेन्सी (कोइका) को ‘के हामी’ परियोजनामार्फत बिहीबार राजधानीमा इपिएसमार्फत कोरिया गएर काम गरेर फर्किएका महिलालाई लक्षित गरेर सञ्चालित एकदिने पुनः एकीकरण तथा अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।
नार्कले दियो ड्रोन उडाउने तालिम
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले कृषि इन्जिनियरलाई मल्टी स्पेक्ट्रल ड्रोन सञ्चालनका लागि दुईदिने तालिम दिएको छ । नार्कले यस्तो तालिम पहिलो पटक सञ्चालन गरेको हो । नेपालको कृषिमा ड्रोनको प्रयोग खासै छैन । आवश्यकता भए पनि नीतिका कारण ड्रोन प्रयोगमा ल्याउन नसकिएको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख श्रीमत श्रेष्ठले बताउनुभयो । हाल कृषिका लागि निजी क्षेत्रमा दुई र सरकारी तहमा दुई गरी चार वटा ड्रोन मात्र प्रयोगमा रहेको उहाँले जानकारी दिनुभयो ।
‘सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो’
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताउनुभएको छ ।
विमानस्थलका सेवा सुविधा सुधारसम्बन्धी प्रतिवेदन बुझाउन अदालतको आदेश
नेपालगन्ज विमानस्थलमा क्यान्टिन, पार्किङ्, सेवाग्राहीले पाउनुपर्ने सुविधा लगायतमा विषयमा परेको रिटमा उच्च अदालतले अध्ययन समिति बनाएर प्रतिवेदन पेश गर्न आदेश दिएको छ।
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ ।
सुनको मूल्यमा सामान्य गिरावट
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।
१० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ ।
ढुक्क भएर लगानी गर्नुस् सरकार निजी क्षेत्रको प्रवर्द्धनको पक्षमा छ: प्रधानमन्त्री प्रचन्ड
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ ।
उखुको व्यापार
तमोर नदी किनारमा रहेको मूलघाट बजारमा बिक्रीका लागि राखिएको उखु ।
नवप्रवर्तन र स्टार्टअप व्यवसायलाई प्रोत्साहन गरिने
सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार संसद्मा पेस गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममार्फत सो घोषणा गरिएको हो । नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने छ । तिनै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने छ । स्टार्टअप व्यवसायको विकास र प्रवर्धन गर्न प्राज्ञिक संस्थासँग सहकार्य गरिने छ । नवप्रवर्तन र स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न तीन तहका सरकारबिच समन्वय गर्ने, उद्यम नीतिको कार्यान्वयन र औद्योगिक वातावरण सुधार गर्न प्राज्ञिक संस्थासँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । निजी क्षेत्रसँगको समन्वयमा सातै प्रदेशमा ‘बिजनेस इन्कुभेसन सेन्टर’ सञ्चालन गरिने कार्यक्रम घोषणा गरिएको छ ।
अर्थतन्त्र सुधारको विकल्प कृषि
जनता एग्रो एन्ड फोरेस्ट्री लिमिटेडका अध्यक्ष एवं उद्योगपति पवन गोल्यानले साना किसानलाई प्रोत्साहन तथा उत्पादन गरेको बाली वस्तु बिक्रीका लागि आफूले प्रोत्साहन गरिरहेको बताउनुभएको छ । जनता एग्रो एन्ड फोरेस्ट्री लिमिटेडले बिहीबार पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले विभिन्न तथ्याङ्क हेर्दा देशको अर्थतन्त्र सुधार गर्ने विकल्प कृषिसँग मात्र रहेको बताउँदै आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उपत्यकाको विद्युत् प्रणाली भूमिगत बनाइँदै, विद्युतका पोल हटाइने
काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीलाई भूमिगत बनाउँदै गरेको नेपाल विद्युत् प्राधिकरणले अब पोल नै हटाउने भएको छ । काठमाडौँका विभिन्न ठाउँमा जडान सम्पन्न भइसकेका भूमिगत विद्युत् प्रणाली केही दिनमा परीक्षणका रूपमा सञ्चालनमा ल्याउने र सो क्षेत्रका विद्युतीय पोल तथा तार हटाउने प्राधिकरणको योजना रहेको जनाइएको छ । प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौँका पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलङ्की–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत् जडान सम्पन्न गरिसकेकाले ती स्थानमा अबको छ महिनामा पोल हटाइने प्राधिकरणले सूचित गरेको हो ।
पस्मिना निर्यात वृद्धि रणनीति
आगामी सन् २०२६ सम्म पस्मिना निर्यात साढे सात करोड अमेरिकी डलरको निर्यात गर्ने लक्ष्य राखिएको छ । ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२–२०२६’ ले सन् २०२६ सम्ममा पस्मिना निर्यातको आकार सात करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको हो । प्रमुख अन्तर्राष्ट्रिय बजारमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात गर्न साना व्यवसायीलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको पस्मिना निर्यात सहजीकरण निर्देशिका सार्वजनिक गरिएको छ ।