कोदो उत्पादन बढाउन भेडादौड
मुगुमा चैत लागेसँगै मुगुको ग्रामीण क्षेत्रका किसानलाई कोदो बालीमा भेडाबाख्रा दौडाउन थालिएको छ । उत्पादन राम्रो हुने भन्दै कोदोको बिउ छरेको दिन भेडाबाख्रा दौडाउने गरिएको हो ।
शीतभण्डारले कृषक उत्साहित
रामपुर नगरपालिका–५ का सुशील ढुङ्गानाले विगतमा उत्पादन भएको आलु खन्नासाथ बिक्री गर्दै आउनुभएको थियो । पछिल्लो समय उत्पादन भएको आलु बेमौसममा राम्रो मूल्यमा बिक्री गर्दै आउनुभएको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ ।
नेपालको खाद्य परीक्षण भारतमा मान्य
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तरकारी, फलफूल तथा खाद्यवस्तुमा गरिने आफ्नो परीक्षणलाई भारतले मान्यता दिने निर्णय गरेको जनाएको छ ।
स्वास्थ्य बिमामा रकम अभाव
सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपियाँ पुगेको छ ।
सात समूहलाई आरोहण अनुमति
यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।
स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ ।
जसले तरकारी खेती गरेर तीन छोरीलाई स्नातकोत्तर पढाउनुभयो
कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका ५२ वर्षीय प्रदेशु चौधरी सामान्य लेखपढ कृषक हुनुहुन्छ। आफू थोरैमात्रै पढेको कारण आफ्ना सन्ततीलाई धेरै पढाउने हुतहुती थियो, उहाँमा। तर, मुख्य चुनौतीको विषय थियो, आर्थिक जोहो।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
‘अर्थतन्त्र बलियो बनाउन गाँजा खेती उपयुक्त’
अर्थतन्त्र बलियो बनाउन र व्यापार घाटा कम गर्न गाँजा खेती उपयुक्त माध्यम भएको सरोकारवालाले बताएका छन् ।
कर्णालीलाई दस अर्ब सत्ताइस करोड राजस्व अनुदान
राजस्व बाँडफाँट अन्तर्गत कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारबाट १० अर्ब रुपियाँभन्दा बढी अनुदान पाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा राजस्व बाँडफाँटबापत प्रदेशले अनुमानित १० अर्ब २७ करोड ३० लाख रुपियाँ पाउने भएको हो ।
नेपालको खाद्य तथा जडीबुटी परीक्षणलाई भारतमा मान्यता
नेपालले गर्ने खाद्य वस्तु तथा जडीबुटी परीक्षणलाई भारतले पारस्परिक मान्यता दिएको छ । यसअघि खाद्यवस्तुको गुणस्तर प्रमाणीकरणका लागि भारत जानुपर्ने बाध्यकारी अवस्था रहेकोमा अब अन्त्य भएको छ ।
सहकारीको ऋण सीमा : सम्पत्तिको पाँच प्रतिशत मात्र
अब सहकारी संस्थाले बैङ्क तथा वित्तीय संस्था र सहकारी बैङ्कबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशत मात्र ऋण लिन सक्ने भएका छन् ।
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ०८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ ।
भारतीय प्रधानमन्त्री श्रीलङ्कामा, रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्याण्डमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा भाग लिई शुक्रबार श्रीलङ्का आइपुग्नुभएको छ ।
अमेरिकी करको प्रभाब कम गर्न बङ्गलादेशी सरकार र व्यवसायीबीच छलफल आह्वान
विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक राष्ट्र बङ्गलादेशका टेक्सटाइल व्यवसायसँग सम्वद्ध नेताहरूले अमेरिकी करले प्रमुख उद्योगका लागि ‘ठूलो धक्का’ भएको बताएपछि बङ्गलादेशका अन्तरिम नेताले शनिबार आपतकालीन बैठक आह्वान गर्नुभएको छ ।
तरकारी खेतीबाट तुल्सीरामलाई मासिक एक लाख आम्दानी
रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरूलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारूले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपियाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिनुभएको छ ।
एकसट्ठी करोडको खाद्यान्न आयात
सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधिमा भारतबाट ६१ करोड ७० लाख ८५ हजारको खाद्यान्न आयात भएको छ ।
सञ्चय कोषद्वारा पाँच अर्ब चौँतिस करोड मुनाफा वितरण
कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३४ करोड रुपियाँ मुनाफा वितरण गरेको छ ।
अटोमोबाइल र अटोपार्ट्समा अधिकतम खुुद्रा मूल्य तोक्न निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अटोमोबाइल र अटोपार्ट्समा अधिकतम खुुद्रा मूल्य (एमआरपी) तोक्न अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) लाई निर्देशन दिएको छ ।
कोभिड र आपूर्ति सङ्कटबिच वित्तीय स्थायित्व जोगाउन सफल : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल साता समाप्त हुँदै छ । यसै अवसरमा आज बैँकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले कोभिड महामारी, रुस–युक्रेन युद्ध तथा आपूर्ति सङ्कटका कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीतिमा सुधार गरी देशको आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताउनुभयो ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ८० हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा रू तीन हजार नौ सय घटेको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
फालिएका बोतलबाट रिसोर्ट
घर, पर्खाल तथा सिँढीलगायतका संरचना निर्माण गर्दा सामान्यतः ढुङ्गा, इँटा, ब्लक प्रयोग गर्ने गरिन्छ तर खेर गएका र फालिएका पेय पदार्थको सिसाको बोतल प्रयोग गरेर मकवानपुरमा रिसोर्ट निर्माण गरिएको छ ।