छरियो मार्सीको बिउ
जुम्लाको प्रमुख बालीका रूपमा रहेको मार्सी धानको बिउ छरिएको छ । मार्सी धान खेतमा छर्ने तालिका अनुसार चैत २० गते बिउ छरिएको हो ।
हुलदङ्गा र मुठभेडमा क्षति, करिब पाँच करोड रुपियाँ बिमा दाबी
गत शुक्रबार राजधानीको तीनकुने र सो क्षेत्र वरपर भएको हुलदङ्गा र मुठभेडका कारण निर्जीवन बिमा कम्पनीमा पाँच करोड रुपियाँनजिक दाबी परेको छ ।
आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । बिहीबार नेपाल विकास प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैङ्कले आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिले अर्थतन्त्रको सुधारमा सहयोग पुग्ने उल्लेख गरेको हो ।
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
घिसिङको मुद्दामा अन्तरिम आदेश अस्वीकार
सरकारले पदमुक्त गरेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ पुनर्बहाली हुने तत्कालको विकल्प बन्द भएको छ । घिसिङको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै प्राधिकरण फर्कने घिसिङको योजनामा ठेस पुगेको हो ।
विश्व व्यापारमा नयाँ हलचल
‘आर्थिक स्वतन्त्रताको घोषणा’ गर्दै संयुक्त राज्य अमेरिकाले विश्वका सबै देशलाई न्यूनतम १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस्तो निर्णय सार्वजनिक गर्दै आजको दिनलाई अमेरिकाको आर्थिक स्वतन्त्रताको संज्ञा दिनुभएको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
भन्सार कार्यालयबाटै एक्जिम कोड
अबदेखि भन्सार कार्यालयबाट मात्र निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) उपलब्ध गराइने भएको छ ।
कृषि नीतिमा आत्मनिर्भरतालाई जोड दिन सुझाव
नयाँ बन्ने कृषि नीतिले आत्मनिर्भरता, आधुनिकीकरण, व्यवसायीकरण र प्रतिस्पर्धी उत्पादनलाई जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रलाई अवसर
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा थाइल्यान्ड पुगेको नेपालको निजी क्षेत्रले सो औपचारिक भ्रमणलाई आपसी सम्बन्ध विस्तार, लगानी तथा ज्ञान आदानप्रदान तथा संस्थागत सहकार्यको अवसरका रूपमा उपयोग गरेको छ ।
तीन हजार रुपियाँ बढ्यो स्वास्थ्य परीक्षण शुल्क
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले स्वास्थ्य परीक्षण शुल्कबापत अब नौ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने भएको छ । सरकारले यस्तो खर्च एकै पटक तीन हजार रुपियाँ बढाएको हो । यसअघि छ हजार पाँच सय रुपियाँमा सबै परीक्षण हुन्थ्यो ।
अर्थतन्त्रको आधारस्तम्भ सहकारी
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहकारी क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा रहेको बताउनुभएको छ ।
सुनचाँदीको मूल्य घट्यो
मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
चापागाईं सिइओ नियुक्त
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चूडामणि चापागाईं नियुक्त हुनुभएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले चापागाईंलाई नेप्से सिइओमा नियुक्त गरेको हो ।
घरेलु तथा साना उद्योगलाई संरक्षण गरिने
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेशमा स्थापना भएका साना तथा मझौला उद्योगलाई प्रदेश सरकारले संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
लोडसडिङ हटेकामा खुसी
औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित भएको भन्दै फेडेरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनले खुसी भएको जनाएको छ ।
उत्पादन बढ्यो, बढेन बजार
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अनुसार रामेछाप जिल्लामा दैनिक पाँच हजार लिटर दुध उत्पादन हुने गरेको छ तर बजारमा खपत भने उत्पादनको ५० प्रतिशत मात्रै भइरहेको छ ।
उखु किसानले पाए सबै भुक्तानी
सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष किसानबाट खरिद गरेको सम्पूर्ण उखुको भुक्तानी दिएको छ ।
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा कायम भएको छ ।
बजेटमा कार्यान्वयनयोग्य योजना मात्रै : अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कार्यान्वयनयोग्य र यथार्थपरक कार्यक्रम तथा योजना ल्याउनुपर्ने बताउनुभएको छ ।
एक सय छयसट्ठी श्रमिकलाई आममाफी
वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेटस् (युएई) मा गएर विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १६६ नेपाली श्रमिकले आममाफी पाएका छन् ।
सिमेन्टको मूल्य पच्चिस रुपियाँ घट्यो
सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टको मूल्य बढ्नुको कारणसहितको विवरण पेस गर्न निर्देशन दिएको एक साताभित्रै सिमेन्ट उद्योगीले मूल्य घटाएका हुन् ।
सुनको मूल्य एक लाख असी हजारनजिक
स्थानीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख ८० हजारनजिक पुगेको छ । सोमबार प्रतितोला एक लाख ७७ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार तोलामा एक हजार आठ सय रुपियाँले बढेर एक लाख ७९ हजार सात सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।