ग्यास आयात बढ्यो
खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । चिसो मौसमसँगै बजारमा खपत बढेकाले ग्यास आयातमा समेत वृद्धि भएको हो । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले कोटा अनुसार ग्यासको आयात नियमित रूपमा भइरहेको जानकारी दिनुभयो । चिसोमा खपत बढ्ने हुँदा आयातमा वृद्धि भएको उहाँको भनाइ छ ।
‘ट्रम्पको दबाबको बावजुद व्याजदर स्थिर रहन सक्ने’
लगातार तीन पटक ब्याजदर कटौतीपछि अमेरिकी फेडरल रिजर्भले परिवर्तन नभएसम्मका लागि दर समायोजन नगर्ने सङ्केत गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बावजुद फेडको यो धारणा सार्वजनिक भएको हो ।
फुलकोपीले मूल्य नपाउँदा किसान मारमा
भारतीय फुलकोपी बजारमा आएपछि झापामा उत्पादन भएको फुलकोपीले उचित मूल्य नपाएपछि किसानहरू निराश भएका छन् । गतबर्ष न्यूनतम २० देखि ३० रुपियाँसम्ममा सरदरमा बिकेको फुलकोपी यो पटक १० रुपियाँमा समेत मुस्किलले बिकेपछि किसानहरूले लागत समेत उठाउन नपाएको गुनासो गरेका छन् ।
अमेरिकी डलरलगायत यी विदेशी मुद्राको भाउ बढ्यो
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।
यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
मर्मतका लागि पठाइँदै निगमको विमान
नेपाल वायुसेवा निगमको न्यारोबडी विमानलाई विस्तृत मर्मतसम्भार (सी–चेक) का लागि माघ २० गते चीन पठाइने भएको छ ।
विदेशी महले नेपाली किसान मारमा
थोरै लगानी र श्रमबाट उल्लेख्य आर्थिक लाभ लिन सकिने भएपछि किसानले मौरीपालन व्यवसाय रोज्न थालेका छन् ।
उन्नाइस अर्बको धानचामल आयात
चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा १९ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ ।
सहुलियत मूल्य पसलबाट पैँतालिस करोडको कारोबार
खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित सञ्चालन गरेको सहुलियत मूल्य पसलबाट करिब ४५ करोड बराबरको कारोबार भएको जनाएको छ ।
‘दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताउनुभएको छ ।
रानीजमरा–कुलरियाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ ।
पानीमा माउन्ट फुजीको लगानी
जापानको माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ ।
वृद्धि भयो हिमाल आरोहण शुल्क
सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएको छ ।
बजेट अभावले भवन निर्माणमा विलम्ब
बजेट अभावमा जिल्ला अस्पताल डोटीको भवन निर्माण कार्यमा विलम्ब भएको छ । २५ शय्यामा सञ्चालित उक्त अस्पतालको स्तर वृद्धि गरी ५० शय्याको बनाउने उद्देश्यले २०७७ सालदेखि भवन निर्माण गर्न थालिएको हो ।
प्रादेशिक महोत्सवमा अर्गानिक उत्पादनको आकर्षण
नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव २०८१ को मुख्य आकर्षण कर्णाली प्रदेशका अर्गानिक उत्पादन बनेका छन्।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु ९०० सयले घटेको छ ।
सुन्तला बेचेर २० लाख आम्दानी
बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनस् बढेको छ ।
तरकारी र फलफूलको यस्तो छ आजको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
‘सम्पत्ति शुद्धीकरणमा दोषी जोसुकैलाई दण्डित गरिन्छ’
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर १७ वर्षपछि सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइएको छ । सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । नेपाल सरकार (मन्त्रीपरिषद्) को गत पुस १६ गतेको बैठकले उक्त निर्णय गरेको थियो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले थाल्यो काम
सरकारले हालै सहकारी ऐन, २०७४ संशोधन गर्न जारी गरेको अध्यादेशबमोजिम गठन भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन गरिएको छ ।
घुन्साखोला आयोजनामा जुट्यो लगानी
घुन्साखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।
भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै
भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात हुने भएको छ । मुलुकमा माग अनुसार गहुँको उत्पादन हुन नसकेपछि भारतबाट आयात गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारसँग दुई लाख मेट्रिक टन गहुँको माग गरेकोमा भारतले नेपाललाई ९० हजार मेट्रिक टन उपलब्ध गराउने सहमति जनाएको थियो । सोही अनुसार गहुँ आयातका लागि आवेदन माग गरिएको छ ।
‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारबिच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।