पाका मान्छेका भोगाइ
मानव प्रजातिको उत्पत्तिसँगै प्राकृत बासस्थानमा समूह समूहमा सिकारी जीवनमा समूह बढ्दै गयो। खाना र सुरक्षाका लागि त्यस युगमा अनुभवी पाका मान्छेको अगुवाइ र बलिया वयस्कका सक्रियतामा जिउने क्रममा महिला र पुरुष दुवै पाका मान्छेको मानमनितो हुनु समूहका हरेक सदस्यको चरित्र बन्यो। आगो र सिकारी हतियारको जुगाडले मान्छे प्रजातिले वर्षभरि सुनिश्चित खान र सुरक्षित बस्न उपाय खोज्यो। जानेर नजानेर नै बीउबाट इच्छित फल दिने बिरुवा उमार्न, फलाउन र बढी भएको सञ्चित गर्न प्रयास ग-यो। सुखका दिनहरू उदाउँदै जानमा समूहका पाका मान्छेको ज्ञान, सीप र अनुभवको सहयोग आधारभूत कुरा भएकाले परिवार र समूह सदस्यहरूले पाका मान्छेको सल्लाह नै समूहको हित र विकासको द्योतक हो भन्ने मान्यताले जरो गाड्यो।
वरिष्ठ पत्रकार दाहालसहित पाँच पत्रकार सम्मानित
पूर्वराष्ट्रपति डा. रामवरण यादवद्वारा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल सम्मानित हुनुभएको छ।
धनगढीमा भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबारदेखि भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी सुरु भएको छ।
विद्यालय नाटक महोत्सव सुरु
विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ। बुधबारबाट पहिलो दिन आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो। नाटक ‘साँढे’ राजनीतिक प्रवृत्तिमाथिको झटारो हो। देशमा चलिरहेको राजनीतिक हस्तक्षेपको उजागर हो नाटक ‘साँढे’ । ‘साँढे’ राजनीतिक दललाई गरिने एउटा व्यङ्ग्यात्मक शैलीको नाटक हो। हिजो शासकीय प्रवृत्ति र आजको शासकीय प्रवृत्ति उही छ, स्वरूप मात्र बदलिएको हो। हामीकहाँ साँढे प्रवृत्तिका मान्छेहरू छन्। हाम्रो समाजमा घाँसमा छरिएको नुन खाने ‘साँढे’हरू दिनप्रतिदिन बढ्दै छन्। त्यसको विरुद्धमा मान्छेले कतै न कतैबाट रचनात्मक विद्रोह गरिरहेका छन्। नाटक यही कथावरपर घुमेको छ।
चित्र कोरेर वार्षिक चार लाख रुपियाँ कमाइ (फोटो फिचर)
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारको गणेशटोलमा रहेको म्याग्दी उद्योग वाणिज्य संघको भवनको भुइँतलामा पछिल्लो १५ दिनदेखि भित्तामा घोत्लिएर दिनभरी एक युवाको समय बित्ने गर्छ । मानिसहरु बाहिरी दुनियाँसँग रमाइरहेकाबेला ग्राउण्ड फ्लोरको भित्तामा पेन्सिलले आकृति कोर्ने र रङ भरेर आकर्षक चित्र बनाउने कार्यमा लागिरहेका युवा हुनुहुन्छ अशोक किसान ।
कला कुँद्ने कालिगड पाउनै कठिन
बौद्ध धर्मावलम्बीमध्येका लामा तथा तामाङ समुदायले धार्मिक रूपमा ढोग्ने र मान्ने गरिएको ओम मानेपेमे लेखिएका ढुङ्गा कुँद्ने कालिगड पाउनै कठिन हुने गरेको छ। पछिल्लो पुस्ताले धार्मिक पक्षलाई ध्यान नदिँदा यस्ता कालिगड पाउन समस्या हुने गरेको हो। नाम्खा गाउँपालिका–६ को लिमीको हल्जी गाउँका कुन्जोक तामाङले ओम मानेपेमे कुँद्ने कालिगड पछिल्लो समय पाउन छोडेपछि धार्मिक संस्कृति जोगाउन कठिन भएको बताउनुभयो। उहाँले जति पहिले उक्त भाषा कुँदिएका ढुङ्गा रहेका छन्, तीबाहेक नयाँ निर्माण गर्न नसकिएको बताउनुभयो। उहाँले हाल लिमीको बाटो र गुम्बामा लेखिएका यस्ता ओम मानेपेमे ढुङ्गा रहेका छन्, ती सबै इस्वीको ९५८ देखि १०५५ मा वरिष्ठ तिब्बेतियन अनुवादक रिन्छेन जाङ्पो रहेको बताउनुभयो। उहाँले अनुदान गरेपछि केही तत्कालीन समयमा लिमीका केही युवाले त्यसरी ढुङ्गामा कुँद्ने कला सिक्नु भएको थियो। त्यसयता भने नयाँ पुस्ताका युवाले त्यसतर्फ ध्यान नदिँदा महत्वपूर्ण धार्मिक कला हराउने सम्भावना बढेको उहाँले बताउनुभयो।
‘माधवी’ हिन्दी संस्करणमा
मदनमणि दीक्षितले लेख्नुभएको पुस्तक ‘माधवी’ को हिन्दी संस्करण प्रकाशनमा आएको छ। रत्नसागर प्रकाशन प्रालिले पुस्तकको हिन्दी संस्करण प्रकाशन गरेको हो। उत्तर वैदिककालीन उपन्यास नाम दिइएको उक्त पुस्तकको अनुवाद किरण मिश्राले गर्नुभएको छ।
ढकाल र चाम्लिङ पुरस्कृत
साहित्यकार तथा अनुसन्धानकर्ता विप्लव ढकाल र भोगिराज चाम्लिङलाई किराँत एकेडेमी पुरस्कार २०७९ प्रदान गरिएको छ। किराँत एकेडेमीले प्रदान गरेको पुरस्कार ढकाललाई भोजपुरको वाङ्मय कृतिका लागि दिइएको हो। प्रा. डा. अभि सुवेदीले दुवै व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुभयो।
घनेन्द्रलाई ‘गजल सारथि’ सम्मान
साहित्यकार घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान गरिएको छ। सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो।
जीवन यथार्थ र कल्पनाको सुन्दर संश्लेषण
मेरो हातमा ‘सात जुनी’ उपन्यास छ । स्मृतिविम्बमा मणि नेपाली पनेरू हुनुहुन्छ । मस्तिष्कमा विश्वास र अविश्वासको भुमरी चलिरहेछ । मनमा कुरा खेलिरहेका छन्– यो उपन्यास उहाँले नै लेख्नुभएको हो त ? पैसा कमाउन र नेपालमा भन्दा धेरै भौतिक सुख भोग गर्न अमेरिका पुगेका भनिने मणि नेपाली पनेरू त्यो बाटोभन्दा भिन्न बाटोमा हिँड्दै यस्तो भावपूर्ण सिर्जनामा साधनारत पो हुनुहुँदोरहेछ ! मैले चिनेको, जानेको र व्यवहार गरेको मणि नेपाली पनेरू अचानक उपन्यासकार बन्नु र उहाँबाट ‘सात जुनी’ शीर्षकको यति राम्रो उपन्यास लेखिनु मेरा लागि आश्चर्यजनक घटना हो । नढाँटी भन्छु– उहाँले कुनै दिन यति मिठासपूर्ण उपन्यास लेख्नुहोला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ ।
कलात्मक अभिव्यक्तिको सँगालो
आत्मपरक निबन्धभित्र पर्ने नियात्रा साहित्य नेपाली साहित्यमा लोकप्रिय सिर्जनाका रूपमा विकसित हुँदै आएको छ । नेपाली साहित्यका नियात्रा विधामा सयौँ कृति सिर्जना भइसकेका छन् र सिर्जना हुने क्रम निरन्तर रूपमा जारी नै रहेको छ । विभिन्न स्रष्टाले यस विधामा कलम चलाइरहेका छन् । ती विभिन्न स्रष्टामध्ये पवन आलोक पनि एक हुनुहुन्छ । साझा प्रकाशनद्वारा प्रकाशित उहाँको ‘पहाड र लमतन्न समुद्र’ नियात्रासङ्ग्रह देशदेखि विदेशसम्मका यात्राका हृदय संवेद्य दृश्य र भोगाइहरूको चिन्तनप्रधान अभिव्यक्ति हो । स्वदेश तथा विदेशका विभिन्न रमणीय प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक आदि स्थलहरूको भ्रमणका क्रममा नियात्राकार आलोकले आफूले देखेका, सुनेका र अनुभूति गरेका विषयका कलात्मक वर्णन गर्नुभएको छ । आफ्नै देश, स्थान, समाज, संस्कृतिबारे पनि धेरै कुरा देख्न सुन्न नभ्याएका जिज्ञासु पाठकका लागि देशभित्रकै भिन्न भूगोल, संस्कृति तथा रहनसहनबारे वा आफूले नदेखेका, नसुनेका र अनुभूति नगरेका विषयप्रतिको अनेक जिज्ञासा पू
‘बाआमा’ लोकार्पण
स्रष्टा रामलाल जोशीको कृति ‘बाआमा’ले सामाजिक दायित्वबोधलाई कथामार्फत उजागर गरेको छ। बुकहिलद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा, नायक राजेश हमाल, सर्जक नयनराज पाण्डेलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको पुस्तक ‘बाआमा’ले आफ्ना अग्रज, संस्कारका धरोहरप्रतिको कर्तव्य पुनः सम्झाएको छ।
‘धूमधामको घुमघाम’ मञ्चन सुरु
कौसी थिएटरमा नाटक ‘धूमधामको घुमघाम’को मञ्चन सुरु भएको छ। कनकमणि दीक्षितद्वारा लिखित बाल कथा शृङ्खलामा आधारित नाटकलाई आकाङ्क्षा कार्कीको निर्देशन गर्नुभएको हो। २५ वर्षअघि प्रकाशित पुस्तकमा एउटा भक्तप्रसाद नाम गरेको भ्यागुताको नेपाल भ्रमणको कथा रहेको छ। काठमाडौँको भ्यागुताले चितवन, पोखरा, मुस्ताङ हुँदै डोल्पासम्मको यात्रा गर्दा देखेका र भोगेका रोचक घटना कथामा समेटिएको छ। पुस्तक नेपाली र अङ्ग्रेजीसहित विभिन्न भाषा र ब्रेललिपिमा पनि प्रकाशित छ। आफूले बाल्यकालमा पढेको र मनमा गढेर बसेको पुस्तकलाई नाटकको स्वरूप दिने यात्रा उत्साहजनक रहेको निर्देशक कार्की बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “भक्तप्रसाद भ्यागुतो बाल्यकालमा यो किताब पढ्ने अवसर पाएका सबैको मनमा गढेर बसेको छ। मेरा लागि पनि यो यस्तै गढेर बसेको सम्झना हो। यो प्रख्यात बालकथा शृङ्खलालाई नाटकमा ढाल्नु मेरा लागि साह्रै उत्साहजनक अवसर रह्यो।”
पुस्तकमा व्यक्त भावनालाई बुझ्न जरुरी हुन्छ : महानायक हमाल
महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताउनुभएको छ।
मौलिकता झल्कने देउडामा आकर्षण
दुई दिनदेखि चलेको मौलिकता झल्कने देउडा प्रतियोगिता सम्पन्न भएको छ। स्थानीय भेषभूषा र देउडाको संरक्षणका लागि सो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा खाद्यक मष्टो महिला समूह पहिलो भएको छ। देउडा संस्कृति जोगाउन स्थानीय वेशभूषा र पहिरनमा आयोजना गरिएको प्रतियोगितामा प्रतिस्पर्धीलाई पछि पार्दै उक्त समूह पहिलो भएको हो। दोस्रो तीनधारे पामवाडा समूह भएको थियो भने तृतीयमा महिला सांस्कृतिक जागरण समूह भएको थियो। त्यसैगरी ठेहे महिला समूह भएको थियो। प्रतियोगितामा महिला तथा आमाछोरी समूह गरी २३ वटा समूहको सहभागिता रहेको थियो। विजेता समूहलाई स्थानीय वेशभूषाका पहिरन प्रदान गरिएको थियो। केही समय अगाडिसम्म तीनै कपडा लगाएर देउडा गाउने गरिन्थ्यो। अब त्यसको
बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार गौतमलाई प्रदान गरिने
यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गरिने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।
चथाः पर्व मनाउने परम्परा
उपत्यकामा ‘जीवनमा कहिल्यै चोरीको दोष नलागोस्’ भन्ने कामनासहित बिहान गणेश र राति चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउने परम्परा छ। भाद्र शुक्ल चतुर्थीको अवसरमा बुधबार बिहानै घर चोख्याएर दुबो, लड्डु र मूलासहित भगवान् गणेशजीको पूजा गरिन्छ। साँझ चन्द्रमाको पूजा गर्दा कमलको पात वा अदुवाको पातमा नैवेद्य, काँक्रो, नासपाती, अनार, अम्बा तथा केराउ, चना, बकुल्ला, मकै, भटमास, गहुँलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ। संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी प्रसादका रूपमा खाने चलन रहेको जानकारी दिनुभयो। उहाँले यो चौथीमा चन्द्रमाको पूजा गर्ने विषयमा दुई मान्यता रहेको जानकारी दिँदै भन्नुभयो, “एकथरी चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोका लगाउँछन् र लुकेर पूजा गर्छन्। अर्काथरी घरको आँगनमा सदस्य जम्मा भएर बस्छन्। चन्द्रमा देखा परेपछि पूजा गरी प्रसाद खाएर मात्र भित्र पस्छन्।”
जानकी साहित्यिक पुरस्कार ज्ञवालीलाई
जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार रुद्र ज्ञवालीलाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्ताकालय तम्घासले यस वर्ष साहित्यकार ज्ञवालीलाई प्रदान गरिएको हो ।
डा. कोइरालाको पुस्तक ‘हृदय’
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले ‘हृदय’ नामक पुस्तक प्रकाशन गर्न लाग्नुभएको छ । डा. कोइरालाको अगुवाइमा बूढानीलकण्ठमा निर्माण हुन लागेको बाल अस्पतालका लागि सहयोग जुटाउने उद्देश्यले ‘हृदय’ नामक पुस्तक प्रकाशन हुन लागेको हो । डा. कोइरालाले जीवनमा भोगेका सङ्घर्षका अनुभव, उहाँले देख्नुभएको स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई विश्लेषणात्मक रूपमा पुस्तकमा समेटिएको छ । डा. कोइरालाको अगुवाइमा बूढानीलकण्ठमा ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच)का रूपमा निर्माणाधीन विशिष्टीकृत अस्पताल निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले फाइनप्रिन्टले डा. कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउन लागेको जानकारी दिएको छ ।
कलाकारको तीज, अरूलाई नचाउँदै, आफू पनि मनाउँदै
अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषतः महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उहाँ भन्नुहुन्छ । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने र नाचगान गरेर तीज बनाउँदै आउनुभएको छ ।
गाउँको पारिवारिक कथा नाटक ‘असुर’
ओजस थिएटरमा भदौ १५ बाट नाटक ‘असुर’ मन्चन हुने भएको छ। सो नाटकलाई विवेक न्यौपाने (घने)ले निर्देशन तथा रविन दोङले लेख्नुभएको हो। ‘असुर’ एउटा गाउँको पारिवारिक कथा हो, जसमा एकै परिवारका दुई पुस्ताको विचार मिल्दैन। गाउँमा कोही पुरानो सोचको प्रतिनिधित्व गर्छन् भने कोही नयाँको। असुर एउटा शक्ति भोको पात्र पनि हो। जो शक्ति प्राप्त गर्नका लागि जे पनि गर्न तयार हुन्छ। उसले कहिले देवताको रूप धारण गर्न सक्छ भने कहिले दानव पनि बन्न सक्छ। हाम्रो समाजको वरपर पनि यस्ता पात्रहरू छन् त ? यही प्रश्नको निचोड हो नाटक ‘असुर’ । यिनै कुराहरूको वरपर घुमेको छ नाटक। नाटकले उत्पिडित वर्गको पीडाहरूलाई देखाउन खोजेको छ। क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै नाटकको मुख्य अभिप्रायः हो।
यो वर्षको मदन पुरस्कार नवराज लम्सालको ‘अग्नि’ लाई
यो वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ।
लेखक दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक
लेखक तथा पत्रकार ईश्वर दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक गरिएको छ ।
पञ्चदान पर्वको हर्षोल्लास
पाँचवटा दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई बिहीबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। प्रत्येक वर्ष बौद्ध धर्मावलम्बी नेवारको ठूलो पर्व पञ्जरा अर्थात् पञ्चदान सांस्कृतिक उत्सवका रूपमा मनाउँछन्। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन मनाइने पर्वका क्रममा भक्तपुर नगरको सूर्यमढीमा पाँचवटा दीपङ्कर बुद्धलाई भेला गराई नगर परिक्रमा गराउने परम्परा रहेको स्थानीय तथा महाकाली नाचका मूल नाइके तुलसीनारायण दण्डख्वाले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि नगरका पाँच छुट्टाछुट्टै स्थानमा राखिएका दीपङ्कर बुद्धलाई सूर्यमढीमा टोलस्थित डबलीमा बोकेर ल्याइने पनि जानकारी दिनुभयो।