‘आँसु त्यसै त्यसै छचल्किन्छ’भित्रका दौलत
वि.सं. २००५ मा शारदा पत्रिकामा ‘ऊ गयो’ नामक कथा प्रकाशित गराएर कथायात्रा आरम्भ गरेका दौलतविक्रम विष्टले कथा र उपन्यास लेखनमा नयाँ मोड ल्याएबापत वि.सं. २०३२ मा महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त गर्दछन् । उनको छैटौँ कथा सङ्ग्रह आँसु त्यसै त्यसै छचल्किन्छ (२०४८) ले पनि साझा पुरस्कार प्राप्त गरेको देखिन्छ । यस पुरस्कृत सङ्ग्रहमा विभिन्न पत्रिकामा पहिले नै प्रकाशित १४ वटा र यसै सङ्ग्रहमा रहेका दुईवटा गरी १६ वटा कथा सङ्कलित छन् । तीमध्ये २००६ मा लेखिएको र स्वास्नीमान्छे पत्रिकामा २०१५ प्रकाशित पिपासा कथा एउटा हो । यसमा जुद्धशमशेरले साधु हुने निर्णय गरी प्राइमिनिस्टरको जिम्मेवारी पद्मशमशेरलाई सुम्पी घरका कैयौँ धाई, सुसारे, तालिमे नानीलाई बक्सिस दिएर बिदा गरिएमध्येकी एक तालिमे नानीको कथा
‘जिगु म्ये, छंगु सः’ विमोचन
कवि रामभक्त कायस्थको नेपालभाषाको हाइकु सङ्ग्रह ‘जिगु म्ये, छंगु सः’ (मेरो गीत, तिम्रो स्वर) नेवा: आदिवासी राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठ र च्वसा पासाका अध्यक्ष भूषणप्रसाद श्रेष्ठले रक्तकालीमा संयुक्त रूपमा विमोचन गर्नुभएको छ ।
गायक राणाको‘टिकी’ सार्वजनिक
गायक हेमन्त राणाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी’ सार्वजनिक गरिएको छ। जी.एच इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो। गीतमा सङ्गीत सुशान्त गौतमको रहेको छ।
भैरव पुरस्कार प्रदान
नेपाली साहित्यका विराट् प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले शनिबार प्रदान गरेको छ। अर्यालको ८७औँ जन्मजयन्तीको अवसरमा गुठीले राजधानीमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो। २०७९ सालको भैरव पुरस्कार वासुदेव–विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरियो। त्यस्तै भैरव वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार विश्वम्भर चञ्चल र भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरियो।
मुटुभित्रको अनन्त कन्दरा [कथा]
तिमी यति उदास र दुःखी किन देखिन्छौ ? उससँग यसको कुनै उत्तर छैन । बरु प्रश्नतिर हेर्छ । उही आत्मीय मुस्कान । सधैँझैँ मुस्कुराइरहेको । मैले त सोचेकी थिएँ, हाम्रो निकटतापछि तिमी झन् हर्षित हुनुपर्ने, तर... । प्रश्न आत्मीय मुस्कानकै । यसमा पनि उसले केही उत्तर दिन सकेको छैन । दिनु पनि कसरी वा कसरी स्पष्ट पार्ने ? कतै केही त अवश्य पनि छ, जुन अपुग भइरहेको छ । सोच्छ ऊ र फेरि हेर्न थाल्छ आत्मीय मुस्कानको अनुहारतिरै । हो भनेको, भन न । हेर, जीवन भनेको हर्षका साथ जिउनुपर्छ, भोलि के थाहा, के हुन्छ । जति
समय नियाल्ने ‘समय’
वर्तमान समयमा मानिस निकै व्यस्त छ । मनोरञ्जन र आनन्द प्राप्तिका लागि पनि थोरै समय मात्र उपलब्ध छ । जिन्दगीको कतिपय समय आर्थिक क्रियाकलापमा बित्छ । कतिपय समय सामाजिक क्रियाकलापमा बित्छ । आर्थिक र सामाजिक क्रियाकलापमा बित्ने समय महìवपूर्ण समय हुन्, जसले मानिसको जीवनलाई सहज र सम्मानित बनाउन मद्दत गर्दछ । फुर्सदको थोरै समय मात्र मनोरञ्जन र आनन्द प्राप्तिका लागि उपलब्ध हुन्छ । त्यो थोरै समयमा कला, साहित्य, सङ्गीत र यात्रा आदिको माध्यमबाट मनोरञ्जन अथवा आनन्द प्राप्त गर्ने ध्येय हरेक मानिसले राखेको हुन्छ ।
यायावरहरू कोटडाँडामा
बिहानको ७ बजेको थियो । म लगनखेल बसपार्कको छेउमा उभिएकी थिएँ । पूर्वमा उदाएको सूर्यको किरण किशोरवयमा प्रवेश गरिसकेको थियो । नगर सफा गर्ने कुचीकारले फोहोर सोहोरिरहेका थिए । ठाउँ–ठाउँमा प्लास्टिक र अन्य फोहोर सोहोरेर थुप्रो थुप्रो बनाएका थिए । हिजो बेलुकाको फोहोर होला, यो मनमनै अनुमान गरेँ । यिनीहरूले यति दुःख गरी गरी सफा गर्छन् । एकछिनपछि घरधनी, सडक व्यापारी र फुटपाथे पैदलयात्रीले फोहोर फाल्दै सडक विरूप पार्छन् । यस्तो अवस्थामा सहर कसरी सफा हुन्छ र ? सहर सफा हुन त जसले फोहोर निकाल्छ, उसले नै आफ्नो फो
‘लाई हेल कालो टिको’ सार्वजनिक
गायिका लक्ष्मी आचार्यको नयाँ गीत ‘लाई हेल कालो टिको’ सार्वजनिक भएको छ। सुदूरपश्चिमको कला र संस्कृति समेटिएको यस गीतमा गायिका आचार्यको स्वरमा गायक प्रकाश सपूतले साथ दिनुभएको छ। गीतको भिडियोमा गायिका आचार्य र गायक सपूतको अभिनय रहेको छ भने शब्द तथा सङ्गीत नरेन्द्रराज रेग्मीले दिनुभएको छ।
पुस्ता भेद र विश्वास (कविता)
मलाई मेरो नाति छिमेकीको घर टहरा भत्काएको देखेपछि अङ्ग्रेजीमा सोध्छ “यसरी डोजर लाएर किन भत्काएको बुबा ?” म जवाफ दिन्न र नेपालीमा प्रश्न गर भन्छु ऊ मलाई त्यसको नेपाली के हुन्छ भन्छ,
पिपिरीको पिरीपिरी धुन
दोलखाको भीमेश्वर नगरपालिका–२ राम्पाका लालकृष्ण थामी जताततै पाइने पिपिरीको पातबाट विभिन्न किसिमका साङ्गीतिक धुन निकाल्नु हुन्छ ।
क्याक्टस–एउटा अन्तरकथा
साँझ झर्दैछ । साँझको छायामा जङ्गली फूलहरूका बिरुवासँगसँग क्याक्टसका साना साना बिरुवाहरू पनि डुब्दै गइरहेका छन् । ती साना साना क्याक्टसले आज लेफ्टिनेस्ट कुर्टको मुर्दा शरीरको स्पर्श पाउने भएका छन् । लेफ्टिनेन्ट कुर्टका रगत–मासु र थेग्राले तिनका नसानसामा ताजापनको रस प्रवाहित हुने भएको छ । उसभित्रको नात्सीपनाले उसलाई सुम्पिदिन लागेको छ क्याक्टसका जरामा सधैँ सधैँका निमित्त । सत्यको निरन्तर बलात्कारले नपुंसक ऊ क्याक्टसका जरामुनि सुतीसुती युद्ध लोलुपताको ऋणशोध गर्नेछ । एउटा मसाने बिरक्तिको झैँ मुस्कान म आफ्नो ओठको डोलमा चिम्लिएको अनुभव गर्न थाल्छु । आश्चर्य । ऊ यसरी यति छिटै मर्न सक्छ भनेर मैले विचारसम्म पनि गरेको थिइनँ । उसका नात्सीपन खेलिरहेका आँखाका चिप्लेँटीलाई एकआध घण्टा पहिलेसम्म पनि मैले आफ्नो शरीरमा अनुभव गरेको थिएँ । उसको अनुहारमा मृत्युको छाया थिएन । एकदम सद्दे थियो, तन्दुरुस्त थियो, जीवनका सारा सपनालाई छातीभरि लिएर उभिएको थियो ऊ मजस्तै । तर उफ् । ऊ कति छिटो म¥यो, कस्तो नपत्याउने किसिमले म¥यो ।
दौलत दाइसँगको आग्रह
चपाइएका अनुहार पढेपछि नै दौलतविक्रम विष्टप्रतिको क्रेज ह्वात्तै बढेको हो पाठकको । कलेज जीवनको आरम्भिक दिनमै चपाइएका अनुहार पढेपछि हाम्रा लागि नायक बन्न पुगे दौलतविक्रम । यस्तो उपन्यास लेख्ने मान्छे कस्ता होलान् ? यस्तो उपन्यासलाई चलचित्र बनाउन सके कस्तो होला ? यस्तै जिज्ञासाले डो¥याएको हो उहाँको आँगन छेउ । चालीसको दशकको सुरुताकाको समय मित्र अमोद (साहित्यकार अमोद भट्टराई) का साथ काठमाडौँको मीनभवनस्थित दौलत निवासको छेउछाउ उभिएका थियौँ हातमा चिठ्ठी लिएर । विद्यार्थी कालमा त्यतिबेला हाम्रा लागि दौलतविक्रमजस्ता साहित्यकारलाई भे
कला मन्दिरमा नारायणगोपाल साँझ
स्वरसम्राट् स्वर्गीय नारायणगोपाल गुरुवाचार्यलाई सम्झना गर्दै चितवनको नारायणी कला मन्दिरले नारायणगोपाल स्मृति साँझ आयोजना गरेको छ। एक दर्जनको हाराहारीमा स्थानीय प्रतिभाहरूले नारायणगोपालको कर्णप्रिय स्वरमा गाइएका गीतहरूमा आवाज भर्नुभएको थियो। कलामन्दिरको पे्रक्षालयमा लहरै वाद्यवाधक टोलीले गीतमा सङ्गीत भरिरहनुभएको थियो भने एकपछि अर्का कलाकारले आफ्नो कला प्रस्तुत गर्नुभयो।
सजावटका लागि वालपेपर
घरको भित्तामा भनेजस्तो रङ लगाउन महँगो पर्ने भएपछि गोठाटारकी सनाया कार्कीले वातावरणमैत्री अनि आकर्षक साजसज्जाका लागि वालपेपर हाल्ने सोच बनाउनुभयो। “नयाँ घरमा आफूलाई मन परेको रङ लगाउँदा धेरै महँगो पर्ने भयो,” उहाँले भन्नुभयो, “एउटा कोठा रङ्गाउँदा ३० देखि ४० हजार रुपियाँ पर्ने भयो। अनि मैले सस्तो भएकाले भित्ता आकर्षक बनाउन वालपेपर नै लगाएँ।” रङको जस्तो गन्ध नहुने, वातावरणमैत्री र १० वर्ष टिक्छ भनेपछि आकर्षक डिजाइनको वालपेपर लगाएको उहाँले बताउनुभयो।
माघमा तेस्रो विद्यालय नाटक महोत्सव
आगामी माघ १५ बाट गण्डकी प्रदेशस्तरीय तेस्रो विद्यालय नाटक महोत्सव–२०७९ सुरु हुने भएको छ। महोत्सव माघ २१ गते शनिबारसम्म चल्नेछ। वार्षिक रूपमा गरिँदै आएको महोत्सवका लागि थिएटरले नाटकहरूको आह्वान गरेको छ।
अनि खुल्छ आकाश... !(कथा)
ऊ समुद्रको किनारामा उभिएको निकै बेर भइसकेको छ । अनगिन्ती छालहरूले उसलाई स्पर्श गरेर गइसकेका छन् । ऊ टोलाएर तिनै छालसँग प्रश्न गर्दैछ के मेरा सपना र खुसीहरू पनि यिनै छालजस्तै हुन् ? मौन प्रश्न गर्दै ऊ नजिकै आएर तनमनलाई रोमाञ्चित गर्दै अनायास फर्केर जाने समुद्री लहरजस्तै आफ्ना सपनाहरू सम्झन पुग्छे । आफ्ना चाहना र भावना नबुझ्ने परम्परागत समाजको घेरा तोड्दै कोही त आउने छ अनि उसको हात समातेर जीवनको एउटा नयाँ अध्यायको आरम्भ गर्नेछु भन्ने सपना ! तन र मनको पृथकताबाट उब्जिएको जटिलताको गाँठो फुकाउँदै मायाको निर्वाध संसारमा रमाउँदै बाँच्ने चाहना ! एउटा मान्छे भएर मान्छेहरूमाझ नै बिरानिएर बस्नुपर्ला भन्ने उसले सोचेकी पनि थिइन तर आज भोगिरहेकी छ । आज उसलाई सम्झना भइरहेको छ आमाको भनाइ “छोरी ! आफ्नो सोचमा परिवर्तन गर अन्यथा जीवनमा एक्लो बन्नुपर्ने छ । अहिले तिमी जे सोच्दैछौ त्यो तिम्रो अल्लारे
जिन्दगी एक सफर (कथा)
‘किरण पौडेल, यु आर रेस्ट्रिकेटेड ।’ कलेजको डिनले भन्यो । कुरा सुनेर मन चसक्क भयो । निधारको बीच भाग खुम्चियो । मुहारको रङ्ग बदलिएर मुटुको गति तेज भयो । पछाडि जोल्ठाएर राखेको हात फुकिएर सिधा भए । डाक्टर बन्ने सपना दुर्घटनामा परेको देखेर शरीर चिसो भएको थियो । ‘नारा लगाउँदैमा रेस्ट्रिकेट हुन्छ सर ?’ उसले सोध्यो ।
जितेन्दरको रिक्सा (कथा)
हामी डेराबाट बाहिर निस्केर बाटोमा दुई पाइला मात्रै के हिँडेका थियौँ, रिक्सावाला मूल सडक छोडेर हाम्रै गल्लीमा, हाम्रै अगाडि आइपुग्यो । मूल सडकमा लहरै उभिएका अटोरिक्साहरू ग्राहकको प्रतीक्षामा थिए । तर हामी आफ्नै अघिल्तिर आइपुगेको मान्छेले चलाउने प्याडलवाला रिक्सामा गएर बस्यौँ । मानिसहरू अटोरिक्सा चढ्न छोडर प्याडलवाला रिक्सा चड्न खोज्दैनन् । तर यसरी कसैले उनीहरूको रिक्सा नचढ्ने हो भने बिचराहरूले के कमाउन, के खाउन् ! त्यही भएर हामी भेटेसम्म प्याडलवाला रिक्सा नै चढ्न खोज्छौँ ।
नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार सार्वजनिक
नेपाली गीत/सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान पु-याउने स्रष्टाहरूलाई प्रदान गरिने नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८ सार्वजनिक गरिएको छ। नेपाली सङ्गीतका सिद्धहस्त नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा आइतबार सो सम्मान तथा पुरस्कार घोषणा गरिएको हो। ‘नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान–२०७८’ मनबहादुर मुखिया, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणीन्द्र राई, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई प्रदान गरिनेभएको छ। एकनारायण भण्डारी, कालीप्रसाद बास्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८ प्रदान गरिनेछ।
बुटको लोकप्रियता
जाडो मौसममा न्यानो हुने बुटको फेसन युवामाझ हिजोआज निकै लोकप्रिय बन्दै गएको छ। नायिकाको रोजाइमा जाडोको फेसनमा बुट पर्ने भएकाले पनि नेपाली युवामा यसको लोकप्रियता बढेको जानकारको भनाइ छ। जाडो मौसममा प्रायः महिलाको रोजाइमा लङ तथा सट बुट पर्ने गरेको छ। अहिलेका कामकाजी युवती तथा नायिकाहरू बुटप्रति आकर्षित भएको देखिन्छ।
‘पूर्वीय दर्शन विमर्श’ प्रकाशित
पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ शीर्षकको निबन्ध सङ्ग्रह प्रकाशित भएको छ । लामो समयदेखि अध्यात्म दर्शनको क्षेत्रमा कलम चलाउँदै आएका रिजालको यो तेह्रौँ कृति हो ।
पुस्तक तथा चित्रकला प्रदर्शनी
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेका कलाका विविध आयाम, तथ्य र अभ्याससम्बन्धी पुस्तक तथा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ। प्रतिष्ठानद्वारा शनिबार ‘समृद्ध नेपाल, सुखी नेपाल’ शीर्षकमा आयोजित प्रदर्शनीको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
मौलिक सङ्गीत लोप हुन नदिन पहल
नेपालको साङ्गीतिक सम्पदाको अभिलेखीकरण नभए मौलिक सङ्गीत लोप हुने भन्दै सङ्गीत अध्येता तथा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। फोल्क लोकले ललितपुर पाटन सङ्ग्रहालय परिसरमा आयोजना गरेको साताव्यापी दाफा पुकार कार्यक्रमअन्तर्गत ‘नेपालको साङ्गीतिक सम्पदाको अभिलेखीकरण’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले पुस्तान्तरण हुँदै आएको मौलिक सङ्गीतको अभिलेखीकरणमा ढिला गर्न नहुने बताए। कार्यक्रममा राजन श्रेष्ठले नेपाल सङ्गीत अभिलेखालयमार्फत मौलिक/लोपोन्मुख गीत/सङ्गीतको डिजिटाइजेसन, सङ्गीतसँग सम्बन्धित पुस्तकालय व्यवस्थापन, वृद्ध अवस्थाका सर्जक, स्रष्टाको स्वरमा गीत रेकर्डसमेत गरिरहेको जानकारी दिनुभयो। अभिलेखालयले लोपोन्मुख मौलिक सङ्गीतका ज्ञाता चार सयभन्दा बढी कलाकारको सिर्जना, स्वर रेकर्ड गरेको जानकारी उहाँले दिनुभयो।
डा. गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि
आख्यानकार डा. ध्रुवचन्द्र गौतमको ८०औँ जन्मोत्सवका अवसरमा उहाँलाई ‘आविष्कारी आख्यानकार’ उपाधि प्रदान गरिएको छ। वसन्त चौधरी फाउन्डेसनद्वारा आइतबार राजधानीमा आयोजित बृहत् कार्यक्रममा उहाँलाई उक्त उपाधि प्रदान गरिएको हो। फाउन्डेसनका अध्यक्ष वसन्त चौधरीले करिब सात दशकदेखि सिर्जनाकर्ममा संलग्न रहेर साहित्यमा नयाँ विधाको आविष्कार र प्रयोग गर्न सफल सर्जक गौतमले नेपाली साहित्य क्षेत्रलाई पु-याउनुभएको योगदानको कदर गर्दै उपाधिद्वारा अभिनन्दन गरिएको बताउनुभयो। उहाँले सर्जक गौतमसँग ४३ वर्षदेखि सानिध्यमा रहेर काम गर्दा नम्र बोली, मीठो स्वभाव र सधैँ लेखिरहने बानीसँग परिचित हुने अवसर मिलेको बताउनुभयो।