प्रशिक्षकको खोजीमा क्यान
दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ ।
दक्षिण अफ्रिकालाई सिरिज
घरेलु टोली इङ्ल्यान्डविरुद्ध तीन खेलको सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ । साउथह्याम्पटनमा आइतबार राति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ९० रनले हरायो । यससँगै पाहुना टोली दक्षिण अफ्रिकाले सिरिज २-१ ले जित्न सफल भयो ।
नेत्रहिन क्रिकेट संघमा फेरि घिमिरे
नेत्रहिन क्रिकेट संघ, नेपालको १७औं साधारण सभा एवं छैटौं चुनावी अधिवेशनबाट पवन घिमिरे अध्यक्षमा निर्वाचित हुनुभएको छ । घिमिरे यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।
तीन राष्ट्रलाई आईसीसी सदस्य
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सदस्य राष्ट्र १०८ पुगेको छ । इङ्ल्यान्डको् बर्मिङ्गम भएको आईसीसीको वार्षिक साधरण सभाले तीन राष्ट्रलाई सदस्यता दिने निर्णय गरेसँगै आईसीसीमा आवद्ध राष्ट्र १०८ पुगेको हो ।
बङ्गलादेशले टी–२० विश्वकप आयोजना गर्ने
बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टी–२० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकूद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको छ ।
क्यान अध्यक्ष चन्दलाई आईसीसी अवार्ड
नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई आईसीसीले ‘लङ सर्भिस अवार्ड’ प्रदान गरेको छ । इङ्ल्यान्डमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वार्षिक साधारण सभामा चन्दलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक
नेपाल टी–२० लिगमा सहभागी टोली लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । लुम्बिनीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच टोलीको आधिकारिक लोगो सार्वजनिक गरेको हो । लोगोमा लुम्बिनी झल्किने गरेर बनाइएको छ ।
विश्व लेजेन्ड्स क्रिकेटमा पारस
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले विश्व लेजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ । आयोजक लेजेन्ड्स लिग क्रिकेटले आइतबार पारसले लिग खेल्ने जानकारी दिएको हो ।
न्युजिल्यान्डलाई एक खेल अगावै सिरिज
पाहुना टोली न्युजिल्यान्डले आयरल्यान्डविरुद्धको टी-२० सिरिज एक खेल अगावै जितेको छ । बेलफास्टमा बुधबार राति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डलाई ८८ रनले हरायो । यससँगै न्युजिल्यान्डले तीन खेलको सिरिज २-० ले जितेको छ ।