• ८ जेठ २०८१, मङ्गलबार

गजेन्द्र स्मारक सामुदायिक भवन तथा संग्रहालयको शिलान्यास

blog

देवरामप्रसाद यादव

सप्तरी, वैशाख २८ गते । सप्तरीको राजविराज नगरपालिका २ स्थित गजेन्द्र स्मारक सामुदायिक भवन तथा संग्रहालयको एक कार्यक्रम बिच शुक्रवार शिलान्यास भएको छ । 

गजेन्द्र स्मारक सामुदायिक भवन तथा संग्रहालयको ६० लाख २० हजार छ सय ४७ रुपियाँको लागतमा निर्माणको लागि शिलान्यास भएको हो । गजेन्द्र स्मारक सामुदायिक भवन तथा संग्रहालयको मधेश प्रदेशका पूर्व शिक्षा तथा सांस्कृतिक मन्त्री महेश प्रसाद यादव, अर्थ तथा योजना आयोगको सभापति सतिश कुमार सिंह, नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविन र वडाध्यक्ष अरुण कुमार यादवले एक कार्यक्रम बिच संयुक्त रूपमा शिलान्यास गर्नुभयो । राजविराज नगरपालिका–२ स्थित निर्माण हुने उक्त भवन तथा संग्रहालय २०८१ असार १४ गतेसम्म काम सक्ने सहमति भएको छ ।

नेपाल सरकार, सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी, र श्री कृति विल्डर्स, राजविराज–१५, सप्तरी बिच २०८१ वैशाख १६ गतेदेखि सुरु गरी २०८१ असार १४ गतेसम्म काम सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ ।