नवौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई
नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले हासिल गरेको छ । राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार भएको ३४औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा विभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई आठ विकेटले हराउँदै पुलिसले स्वर्ण जितेको हो ।
कर्णाली प्रदेशको पहिलो जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलमा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई तीन रनले हरायो ।
पुलिसको दोस्रो जित
विभागीय टोलीको नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा सोमबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो ।
श्रीलङ्कालाई छैटौँ पटक एसिया कप उपाधि
एसिया कप टी-२० क्रिकेटको उपाधि आयोजक श्रीलंकाले जितेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले हरायो । श्रीलंकाले छैटौं पटक एसिया कप जितेको हो ।
सुदूरपश्चिम र पुलिसको जित
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा जारी टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले हरायो ।
नेपाल टी–२० लिगको मार्की खेलाडी सार्वजनिक
नेपाल टी–२० क्रिकेट लिगको मार्की खेलाडी घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार लिगमा सहभागी ६ वटै टोलीको मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो ।
क्रिकेट कप्तान लामिछाने निलम्बित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित हुनुभएको छ ।
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
एनआरएनएको विजयी सुरुवात
कीर्तिपुर स्थित त्रिवि मैदानमा बिहिबार भएको उद्घाटन खेलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हरायो ।