• ८ जेठ २०८१, मङ्गलबार

नेत्रहिन क्रिकेट संघमा फेरि घिमिरे

blog

पवन घिमिरे ।

काठमाडौं, साउन १२ गते । नेत्रहिन क्रिकेट संघ, नेपालको १७औं साधारण सभा एवं छैटौं चुनावी अधिवेशनबाट पवन घिमिरे अध्यक्षमा निर्वाचित हुनुभएको छ । घिमिरे यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । 

११ सदस्यीय कार्यसमितिको पदाधिकारीहरुमा गिता पौडेल उपाध्यक्ष, अमृत बराल महासचिव, उपेन्द्र श्रेष्ठ कोषाध्यक्ष र निलकण्ठ तिमिल्सेना सचिवमा निर्वाचित हुनुभएको छ । 

यसैगरी संघले दृष्टिबिहिन  महिला क्रिकेट खेललाई थप उचाईमा पुर्‍याउन समिक्षा ज्ञवालीको संयोजकत्वमा पाँच सदस्य रहनेगरी महिला समिति समेत गठन गरेको छ । समितिका सदस्यहरुमा मुना अर्याल, भगवती अमगाई, शुसिला चौधरी र सरिता घिमिरे हुनुहुन्छ ।