• ८ जेठ २०८१, मङ्गलबार

लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक

blog

लोगो सार्वजनिक गर्दै लुम्बिनीका लगानीकर्ता । तस्बिर : ग्राफिक आर्टस

काठमाडौं, साउन ९ गते । नेपाल टी–२० लिगमा सहभागी टोली लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । लुम्बिनीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच टोलीको आधिकारिक लोगो सार्वजनिक गरेको हो । लोगोमा लुम्बिनी झल्किने गरेर बनाइएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि चार टोलीको घोषणा भईसकेको छ । लिगमा ६ टोलीको सहभागि गराउने निर्णय भएपनि दुई टोलीको टुंगो लाग्न अझै बाँकी छ । क्यानले एक साताअघि चार टोलीको नाम सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको चार टोलीमा लुम्बिनीसँगै कान्तिपुर क्यापिटल, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स छन् । 

लोगो सार्वजनिक गरिएको लुम्बिनीको प्रमुखमा सञ्जय शर्मा हुनुहुन्छ । अन्य लगानीकर्ताहरुमा पूर्व क्रिकेटर बरदान चालिसे, आशिक तामाङ र उत्सव सिग्देल रहनुभएको छ । टोली प्रमुख शर्माले क्रिकेट खेलको प्रेमका कारण नेपाल टी–२० लिगमा होमिएको बताउनुभयो ।

उहाँले टोलीको खेलाडीबारे छिट्टै जानकारी गराउने पनि बताउनुभयो । लुम्बिनीले सोमबार नै आफ्नो आधिकारिक वेबसाइट पनि सार्वजनिक गरेको छ । क्यानले कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताको आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ