बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत दर्ता गराएको छ ।
कप्तान कृतिका र आश्मा बुटवलमा सम्मानित
नेपाली यू–१९ राष्ट्रिय टोलीका दुई जना महिला क्रिकेटर बुटवलमा सम्मानित हुनुभएको छ । बुटवल क्रिकेट विकास समितिले बुटवलबाट राष्ट्रिय युवा टोलीमा स्थान बनाएर उत्कृष्ट प्रदर्शन गर्न सफल यू–१९ राष्ट्रिय टोलीकी कप्तान कृतिका मरासिनी र आश्मा पुलामीलाई जनही १० हजार ५ सय रुपियाँ सहित सम्मानपत्रबाट सम्मान गरेको हो ।
नेपालको लगातार दोस्रो जित
नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हरायो ।
नेपालको सुखद सुरुवात
नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेटमा सुखद सुरुवात गरेको छ । मलेसिया स्थित युकेएम एसडी क्रिकेट ओभल बांगीमा शुक्रबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हरायो ।
आइसिसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग पराजित
आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो ।
आईसीसी विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालको सानदार जित
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा नेपालले ओमानलाई सात विकेटले हरायो ।
आईसीसीद्वारा नेपालमाथिको सबै प्रतिबन्ध फुकुवा
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालमाथि लगाएका सबै खाले प्रतिबन्ध हटाएको छ । आईसीसीले यसअघि नोपलमाथिको प्रतिबन्ध फुकुवा गरेपनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो ।
महिला क्रिकेट टोलीको विदाई
मलेसियामा यही जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा सहभागिताको लागि मलेसिया जाने नेपाली टोलीको विदाई गरिएको छ ।
आईसीसी विश्वकप लिग–२ : नेपाल पहिलो जितको खोजीमा
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (मङ्गलबार) नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा राति ९:१५ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने दाउमा छ ।