• २१ जेठ २०८१, सोमबार

बङ्गलादेशले टी–२० विश्वकप आयोजना गर्ने

blog

काठमाडौं, साउन ११ गते । बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टी–२० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकुद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको छ । 

साथै भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्सिलले गरेको छ । मङ्गलबार आईसीसीले प्रकाशन गरेको विज्ञप्तिमा भारतले सन् २०१३ पछि पहिलो पटक यो क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको बताइएको छ । 

यसैगरी आईसीसीले श्रीलङ्काले सन् २०२७ मा महिला टी–२० च्याम्पियन ट्रफिको आयोजना गर्ने भएको हो । आईसीसी बोर्डले प्रतिस्पर्धाका आधारमा ती प्रतियोगिताहरुको आयोजना गर्न दिने गरी छनोट गरेको समाचारमा जनाइएको छ । रासस/सिन्हवा