• ८ जेठ २०८१, मङ्गलबार

दक्षिण अफ्रिकालाई सिरिज

blog

घरेलु टोली इङ्ल्यान्डविरुद्ध सिरिज जितेपछि खुशी मनाउँदै दक्षिण अफ्रिकाका खेलाडी । तस्बिर : क्रिकिइनफो

काठमाडौं, साउन १६ गते । घरेलु टोली इङ्ल्यान्डविरुद्ध तीन खेलको सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ । साउथह्याम्पटनमा आइतबार राति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ९० रनले हरायो । यससँगै पाहुना टोली दक्षिण अफ्रिकाले सिरिज २-१ ले जित्न सफल भयो ।

दक्षिण अफ्रिकाले दिएको १९२ रनको विजय लक्ष्य पछ्याएको पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा सवै विकेटको क्षतिमा १०१ रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि जोनी बेयस्ट्रोले २७ रन बनाउनुभयो । जासन रोयले १७, कप्तान जोस बटलर र क्रिस जोर्डनले समान १४/१४ रन बनाउनुभयो । बलिङमा दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले पाँच विकेट लिनुभयो ।  केशब महाराज दुई तथा एन्डिले, एडम मार्क्रम, एन्रिक नोर्कियाले एक एक विकेट झार्नुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९१ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि रिजा हेन्ड्रिक्सले ७० र एडम मार्कामले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । राईली रुसोले ३१ र कप्तान डेबिड मिलरले २२ रन जोड्नुभयो ।

बलिङमा इङ्ल्यान्डका डेबिड विलिले तीन विकेट लिनुभयो । मोईन अली र क्रिस जोर्डनले एक एक विकेट झार्नुभयो । यसअघि पहिलो खेलमा इङ्ल्यान्ड ४१ रनले विजयी हुँदा दोस्रो खेलमा ५८ रनले पराजित भएको थियो । एजेन्सी